पाल्पा, जेठ १९
वगनासकाली गाउँपालिका–७, को खानीगाउँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । हेल्पिङ ह्यान्ड्स फर नेपाल—नर्वेको आर्थिक सहयोगमा सामाग्री वितरण गरिएको हो ।
रोजगारी वा अध्ययनको सिलसिलामा नर्वेमा रहेका युवाहरुको उक्त संस्थाले गरिव तथा बिपन्न समुदायले अध्ययन गर्ने बिद्यालयका बिद्यार्थीहरुको सहयोगार्थ एक लाख रुपैयाँको सामाग्री वितरण गरिएको थियो । वगनासकाली–७, का वडाअध्यक्ष गुन बहादुर बुढाथोकीले नर्वेमा रहेका नेपालीहरुको सहयोगले आज बालबालिकाको मुहारमा खुशी छाएको बताए । बिद्यालयका अध्यक्ष डा. शंकर गैरेले नर्वेमा रहेका नेपालीहरुले समय समयमा च्यारिटी शो तथा बिभिन्न अभियान मार्फत संकलन भएको रकमबाट बिद्यालयका बिद्यार्थीहरुका लागि सहयोग भएको बताए । जसबाट गरिव तथा बिपन्न समुदायका बिद्यार्थीहरु बढी लाभान्वित भएका छन् ।