पाल्पा, जेठ १८
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले काँग्रेस भित्र युवा नेतृत्व आवश्यक रहेको बताएका छन् । शनिबार रम्भा गाउँपालिका ४ हुमिनमा नेपाली काँग्रेस क्षेत्र १ पाल्पाले आयोजना गरेको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले नेपाली काँग्रेस मुलुकको सबैभन्दा जेठो र पुरानो पार्टी भएकाले अब नयाँ बैचारिक ढङ्गले पार्टीलाई अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
‘पुरानै शैलीमा पार्टी अगाडी बढ्न सक्दैन, पार्टीलाई वैचारिक दिशाबाट अगाडि बढाउन युवालाई नेतृत्व दिनुपर्छ, भण्डारीले भने, ‘२०४६ साल पछि सबैभन्दा धेरै सरकार चलाएको काँग्रेसले युवा नेतृत्वको विषमा सोच्नु अहिलेको आवश्यकता रहेको छ ।’ उनले भन,े ‘काँग्रेसले देशमा विकास निर्माणका कामदेखि संविधान निर्माण र कार्यन्वयन ग¥यो तर ती सबै कुरा जनता समक्ष पु¥याउन नसक्दा पार्टी कमजोर भएको हो ।’ संगठनलाई चुस्त र बलियो बनाउन वडा तहदेखिनै युवा जाग्नुपर्ने बेला आएको छ, नेता भण्डारीले भने ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण पाण्डेले सरकार विरुद्ध खबरदारी र पार्टी बलियो बनाउनका लागि सुरु गारिएको जागरण अभियान उत्साजनक रुपमा अगाडि बढेको बताए । उनले पार्टीलाई सशक्त बनाएर लैजान वडा तह देखिनै सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । प्रदेश सांसद वीरबहादुर रानाले पार्टीलाई चलायमान बनाउन वडास्तरदेखि नै कार्यकर्तामा राष्ट्रिय भावना जागृत हुनुपर्ने बताए । उनले नेता र नेतृत्वकर्ता बन्न सर्मपण र त्याग हुनु पर्नेमा जोड दिए । कांग्रेस जिल्ला सभापति रानाले स्थापित नेता बन्न आफ्नो भूमिकालाई बढाउनुपर्ने भन्दै कुनै एक व्यक्तिको कमजोरीका कारण सिङ्गो संगठनलाई धरासायी बनाउन नहुने धारणा व्यक्त गरे ।
कार्यक्रममा क्षेत्रीय सभापति सन्तोष थापा मगरले पार्टीको संगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा अन्य पार्टी परित्याग गरी चार जना युवाहरु नेपालली काँग्रेसमा प्रवेश समेत गरेका थिए ।