नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापालाई कुरिलो उपहार दिईएको छ । वगनाशकाली गाउँपालिका–८, बराङ्दीका कृषक जीवराज घिमिरेले थापालाई कुरिलो उपहार दिएका हुन् । घिमिरेले गाउँमा तीन रोपनी क्षेत्रफलमा कुरिलो खेती गर्दै आएका छन् । गगन थापाले नेपालको समृद्धि ल्याउन सक्ने भएकोले पोषिलो खानाको रुपमा परिचित कुरिलो उपहार दिएको किसान घिमिरेले बताए ।