पाल्पा, जेठ ७
नेकपाको दुई तिहाईको सरकारले जनतालाई प्रत्यक्ष लाभ पु¥याउन सकेन । अरु गरि केही गर्न नसकेपछि पत्रकारहरुको कलम अठ्याउने गरि मिडिया काउन्सिल विधेयक ल्याउन लागेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले बताएका छन् ।

कांग्रेस सांसद थापाले भने, ‘हिजो जुन पार्टीको राष्ट्रपति भएता पनि अहिले हाम्रो पनि हो । राष्ट्रपति विवादमा आउनु राम्रो होईन । म सांसद भएर काठमाण्डौंको सडकमा उभिएर के भन्छु भने महामहिम तपाई कृपया तपाईंको सरकारले दिएको शितल निवास भित्र बस दिनुहोला । तपाईको छविमाथी प्रश्न उठे गणतन्त्र धरापमा पर्छ ।’ प्रेसको कुनै पनि व्यक्तिले के लेख्न पाउने र के नपाउने भन्ने सत्ताले निर्धारण गर्छ । यस्तो कानून संसदमा लगेर राखिएको छ । त्यसै सरकारको कांग्रेसले विरोध गरेको होईन । अहिले संसदमा छ । प्रधानमन्त्री जुद्धशमसेर भन्दा पनी बलियो प्रधानमन्त्री बन्ने अहिलेका प्रधानमन्त्री हुँदै हुनुहुन्छ ।
अब सरकारलाई कानून पालन गरेन भन्नुपर्ने अवस्था आउँदैन । किनकी कानून नै सोही अनुरुप बनाईंदै छ, जुन प्रधानमन्त्रीको इच्छामा हुन्छ । कानूनको पालना भएन भनेर जब प्रश्न उठ्न थाल्यो कानूनै त्यसै बनाईदिन्छु भन्दै लागेको छ । उदाहरण हेर्नुस्, सरकारले सूचना प्रविधिक विधयक लिएर आएको छ । प्रधानमन्त्रीले भन्नुभो म पानीजहाल ल्याईदिन्छु । कोहीव्यक्तिले पानीजहाज बनाएर प्रधानमन्त्रीको टिप्पणी गर्न मन लागेर गर्नु भो भने तपाईंलाई आएर समाईन्छ । पुरा राणा शासनको अनुभूति । प्रधानमन्त्रीलाई जिस्काउनु भयो भनेर तपाईलाई कारवाही हुन्छ । प्रधानमन्त्रीले हामिलाई जिस्काउन पाउनुहुन्छ । तर हामी जनतालाई उहाँको कुरामा टिप्पणी गर्ने अधिकार छैन । राजा महाराजा जस्तो । तपाई प्रश्न गर्न पाउनुहुन्न ।

नेपाल महिला संघ पाल्पाले तानसेनमा गरेको जागरण सभालाई सम्बोधन गर्दै थापाले कसरी हुन्छ आफुलाई शक्तिशाली बनाउन प्रधानमन्त्री ओली लागि परेको बताए । राणामा जस्तो एक व्यक्तिमा शासनको सम्पूर्ण अधिकार ल्याउन खोजिएको छ । लोकसेवा आयोगलाई प्रभावित पार्न खोज्ने, सभामुख प्रधानमन्त्रीको इसारामा चल्ने तथा प्रधानमन्त्रीको इच्छा अनुसार न्यायपालीका चल्ने अवस्था आउनुले जनतालाई दुई तिहाई सरकारले धोका दिँदै गएको थापाले बताए । ‘प्रधानमन्त्रीकै भाषामा नेपालका प्रदेश प्रमुखहरु बोल्ने गरेका छन् । हुबहु प्रदेश प्रमुखहरु प्रधानमन्त्री जस्तै गर्दैछन् । हिड्ने गरेका छन् । के उहाँहरुसँग अन्य कुराहरु छैन । जसले पूर्ण संघीयता अनुसारका अधिकार तलसम्म दिन चाहेको छैनन् उनीहरुसँग नक्कल गरेर कामहरु गर्न सुहाउँदैन, कांग्रेस नेता थापाले भने, स्थानीय र प्रदेशका हक अधिकारहरु केन्द्रमा च्यापेर राखेको छ । यो संघीय व्यवस्था भएको नेपाल हो । संघीय व्यवस्था मन नपराउन पाईन्छ । तर जे मनलाग्यो त्यही गर्न पाईन्न ।’ हामीले सोंचेको जस्तो गरि सरकार हिँड्न चाहेन । त्यसैले जनता धेरै निराश भएका छन् । सिके राउतजस्ता धेरै दलहरुसँग भीड्न कांग्रेस सधैं तयार छ । हराउन तयार छ, थापाले भने, यसको जिम्मा सरकारले लिएको छ । प्रधानमन्त्रीसँगै अलौकीक क्षमता छ । त्यसैले त गफ गर्न सक्नुहुन्छ । सपना देख्नुहुन्छ । काम देखिने गरि गर्नुहुन्न, थापाले भने ।