जेठ ७, पाँचथर –
मिक्लाजुङ गाउँपालिका– ३ को आरुबोटेमा ९ जनाको विभत्स हत्या गरिएको घटनास्थल नजिकै एकजना युवकको शव झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवले वताउनुभयो । माखिम सोमबार राति विभत्स हत्या गरिएका बमबहादुर फियाकको ज्वाइँ रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । अध्यक्ष माखिमका अनुसार मानबहादुर माखिम बमबहादुर फियाकका कान्छी छोरीका श्रीमान हुन् ।

९ जनाको विभत्स हत्या भएको घटना स्थलबाट झण्डै साढे एक घण्टाको दूरीमा माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको हो । माखिमको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । झुण्डिएका व्यक्तिको हत्याकाण्डमा संलग्नता भएरनभएको खुलेको छैन ।

९ जनाको विभत्स हत्याको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० र प्रदेश–१ प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।