पाल्पा, जेठ ५

एेतिहासिक नगरी पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीकाे हाहाकार भएकाे छ । गर्मीयाम लागेसँगै यहाँका मुहानहरू समेत सुक्दै जान थालेपछि शहरबासीले दिनभर लगाएर एक गाग्री पानी भर्न बाध्य भएका छन् ।

साेमबार ५ घण्टादेखी हाेलाङ्दी घारामा भेटिएकि फुलमाया सारूले तानसेन काकाकुल शहर बनेकाे बताइन् । उनी भन्छिन् दिनभर पानीभर्न लाइनमा छु । केटाकेटी स्कुलबाट अाएर पानी खान नपाएर बसेका छन् रातीकाे अाठ बजिसकेकाे छ । खाना पकाउने खाने टुङ्गाे छैन । अहिले तानसेनका धारामा पानी १० देखी १५ दिन बिताएर अाउने गरेकाे छ । तानसेनमा भाडामा बस्दै आएका हरि सुवेदीले भने, ‘तानसेनमा खानेपानी वितरणमा धेरै समस्या छन् । घरबेटीले पानी दिन दुःख मान्छन् । घण्टै लाईनमा बसेर पानी ल्याएर खानुपर्छ ।’ कक्षा १२ को परीक्षामा सम्मिलित हुँदा मलाइ परीक्षाकाे भन्दा पानीकाे समस्या परेकाे छ । निशान गैरेले पानीको समस्याका कारण घर स्याङ्जाको मालुङ्गा पुगेर कपडा धोएर तानसेन आउने गरेको बताए । पन्ध्र दिन एक पटक जसो आउने पानी घरबेटीहरुले भाडाभाडामा बस्ने विद्यार्थीहरुलाई नदिँदा विद्यार्थीमा पढाईप्रति निराशा थपिएको तथा तानसेन शहरबाट पलायन हुने अवस्था अाएकाे युवाहरूकाे गुनासाे छ । तानसेनकाे खानेपानी खाेलिदिने व्यक्तिकाे मनाेमानी बढेकाे र एक सय रूपैयाँ उसलाइ रकम दिए केहि छिटाे धारा खुल्ने गरेकाे एक महिलाले नाम नबताउने शर्तमा भनिन् । उनले दाइलाइ एक सय दिन छाडे पानी ढिला भयाे भन्ने जाने हुन्छ कहिले पाइप फुट्याे, कहिले टंकीमा पानी छैन भनेर झन् लामाे समय पानी दिँदैनन् त्यसैले ७, ८ दिनमा भएपनि एक सय दिएर पानी केहि समय थाप्छु उनले भनिन् ।

कालीगण्डकीबाट लिफ्ट गरेर तानसेनमा एक वर्ष भित्र खानेपानी समस्या हल गर्ने भनिएता पनि एक वर्ष बितिसक्दा तानसेनबासीले कुनै राहतको महशुस गर्न पाएका छैनन् । नेपाल सरकारको ४० करोडको योजना मार्फत् तानसेनमा पानी ल्याउने प्रक्रिया लम्बिएपछि तानसेनबासीले पुरानै समस्या भोग्दै आएका छन् । तानसेनकाे बारूदखान क्षेत्रमा बिगत १० दिनदेखी पानी अाएकाे छैन, तानसेन खानेपानी उपभाेक्ता समितिले टंकिमा नभएर नदिएकाे हाेला भन्ने गैर जिम्मेवार जवाफ दिन्छ ।

२५ लाख आवश्यकता, ७ लाख लिटर आपूर्ती
तानसेनमा अहिले दैनिक २५ लाख लिटर खानेपानीको आवश्कता छ । तर आपूर्ती भने दैनिक ७ लाख लिटरमात्र रहेको छ । तानसेन खानेपानी उपभोक्ता समितिका सचिव भीमसेन कार्कीले तानसेनमा असारसम्म कालीगण्डकीको पानी झर्न सक्ने सम्भावना रहेको बताए । उनी भन्छन्, ‘कालीगण्डकीको पानी नआई तानसेनको माग पूरा हुन सक्दैन । अहिले झण्डै ७५ देखी ८० प्रतिशत काम सकिएको छ । कार्यसम्पादनमा आधारित ठेक्का भएकोले छिटो काम हुने विश्वास छ ।’ कालिगण्डकीबाट ४० लिटर प्रति सेकेण्डको दरले दैनिक २४ लाख लिटर पानी ल्याउने कार्यले तिव्रता पाएको बताईएको छ । अहिले तानसेनमा ७ लाख लिटरमात्र पानी आपूर्ती हुँदै आएको छ । ‘गत वर्षको फागुनभित्रै कालिगण्डकीको पानी आउनुपर्ने हो । समायोजनाको कारण भदौदेखी माघसम्म कार्यालय प्रमुख को रहने भन्ने अन्यौलता रह््यो । यो संघले हेर्ने योजना । ठेकेदारलाई जवाफदेही बनाउने कोही भएन । हामिलाई अधिकार छैन , सचिव कार्कीले भने, ठेक्कावालाले बिल भुक्तानी पाएन । पाईपलाईन ल्याउने समयमा खिचातानी भयो । म्याद मंसिरसम्म थियो । अहिले म्याद थप भएको छ । असारसम्म पानी झर्छ की ।’

तानसेनको खानेपानी आपूर्ती गर्न मृत शंजिवनी कम्पनीले २७ करोडको ठेक्का सम्झौता गरेको छ ।२५ करोडको पानीको लागि आवश्यक पूर्वाधार बनाउने ठेक्का हो । कालीगण्डकीको पानी ल्याउन ८ इन्चको पाईप लाईन विस्तार भैसेको छ । तर खानेपानीलाई नियमित र व्यवस्थित बनाउन भन्दै तानसेन खानेपानी उपभोक्ता समितिले जिम्मेवारी लिएपछि, तानसेनमा खानेपानीको समस्या झन विकराल बन्दै गएको उपभोक्ताहरु बताउँछन । तानसेनमा अहिले एक हप्तादेखी १५ दिनमा एकपटक धारामा पानी आउने गरेको छ ।  तानसेनमा भुल्के, सिस्ने, होलाङ्दी र तीनधारा पम्पिङ्ग प्रणाली आयोजना मार्फत् खानेपानीको आपूर्ती गरिँदै आएको छ । साविकको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पानी वितरण व्यवस्थापनको जिम्मेवारी उपभोक्ता समितिलाई हस्तान्तरण गरेसँगै समस्या जटील बनेको हो । कार्यालयले तानसेन खानेपानी उपभोक्ता समितिलाई ४ वर्ष पहिले स्वामित्व हस्तान्तरण गरेको थियो ।

हेर्नुस् गत वर्षकाे भिडियाे