बुटवल
रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा एक जना पुरुषको शब फेला परेको छ । अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शव जंगल गएका स्थानीयले देखेपछि आज दिउसो पौने १२ बजे प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त गर्न साथ इलाका प्रहरी कार्यलय सालझण्डीको टोली प्रहरी घटनास्थल पुगेको छ।
शवको प्रकृती हेर्दा हत्या गरेर केही दिन अघि फालेको जस्तो देखिन्छ । प्रहरीले अहिले शव र त्यस क्षेत्रको मुजुल्का तयार गरीरहेको छ ।