पाल्पा, जेठ २
कोलडाँडाको बौरिडाँडाँमा प्रसाद (भोज) खाएका एकै गाउँका १ सय ६ जनाहरु बिरामी परेका छन् । तिनाउँ गाउँपालिका काेलडाँडाका छिमेकीको पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले भोज भतेरको फूड प्वाईजनीङ भएको आशंका गरिएको भएता पनि सबैलाई एकै पटक समस्या आएपछि थप बुझ्नु आवश्यक रहेको बताए । उनले लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनालाई आईसीयुमा राखिएको बताए ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बिरामी परेकाहरु मध्ये ११ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका लागि पठाईएको बताए । सुन्दर तरामुको नेतृत्वमा ८ जनाको टोलीबाट उपचार गरियो । अहिले एक जना स्वास्थ्यकर्मी र गाडी घटनास्थलमै छ ।