पाल्पा, वैशाख ३०

कर्मचारी समायोजनसँगै रिब्दीकोट गाउँपालिकामा आएका कर्मचारीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्याल, अधिकृत भरतराज घिमिरे, अधिकृतरुकलाल भट्टराई, लेखापाल बिष्णु प्रसाद ढकाल र वडा सचिव राम प्रसाद नेपाललाई रिब्दीकोट गाउँपालिका र पालिका स्तरीय कर्मचारी मिलन केन्द्रले संयुक्त रुपमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा गा.पा. अध्यक्ष नारायण बहादुर जी.सी.,उपाध्यक्ष ,लक्ष्मी खनाल ,प्रवक्ता बिष्णु खनाल साथै बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।