बुटवल बैशाख २९ / पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समितिको अध्यक्षमा यम प्रसाद पाण्डे निर्वा्चित भएका छन । उनले आफ्ना प्रतिस्पधी हरी प्रसाद कडेललाई १ सय बढी मतले पराजित गरेका हुन । पाण्डेले ४२८ मत ल्याए भने कडेलले ३२१ मत पाए ।
उनिहरु राजनितीक रुपमा दुई समुह बनाएर निर्वाचनमा होमिएका थिए । अध्यक्षमा निर्वाचित पाण्डे नेकपा निकट ब्यवसायी हुन भने पराजीत हरि प्रसाद कडेल नेपाली कांग्रेस निकट ब्यवसायी थिए ।
लामो समयसम्म उक्त समितीका बिभिन्न पदमा रहेर काम गर्दै आएका पाण्डे यस अघि बरिष्ठ उपाध्यक्ष थिए भने कंडेल पछिल्लो समय सोही संस्थामा माहासचिव थिए ।
समितिको अध्यक्ष सहित एक उपाध्यक्ष र २ सदस्यमा पाण्डेको समुहका उम्मेद्धारहरु बिजयी भएपनि बरिष्ठ उपाध्यक्ष सहित अधिकांश पदाधिकारी र सदस्यमा कडेलको समुहका उम्मेद्धारहरु बिजयी भएका छन ।
यातायात क्षेत्रमा लामो अनुभव संगालेका पाण्डेलाई नेकपा निकट भएकै कारण कुनै हालतमा अध्यक्ष हुन नदिन उक्त संस्थाका पुर्व अध्यक्षहरु समेत सक्रिय भएका थिए । उक्त संस्थामा नेकपा निकट ब्यवसायी नेतृत्वमा आएको पहिलो पल्ट हो ।
लामो समय संस्थामा योगदान गरेको भए पनि अध्यक्ष हुन नदिने षडयन्त्र गरेको भन्दै ब्यवसायीहरुले चर्को आलोचना गरेका थिए ।
आफुलाई अध्यक्ष हुन नदिन अनेक षडयन्त्र भएको भएपनि आफुले बिगतमा गरेको योगदान लाई सम्झेर ब्यवसायीहरुको सजगता र एकताले आफुलाई बिजयी बनाएको पाण्डेले समयचक्रलाई प्रतिक्रिया दिए ।
जस्तोसुकै षडयन्त्र गरेको भएपनि अव आफुले भने सबैलाई समेटेर संस्थालाई अगाडी बढाउने पाण्डेले प्रतिबद्धता जनाए ।
त्यसैगरी उक्त निर्वाचनबाट पाण्डेको समुहका पाल्पा गुल्मि स्याग्जा रुट उपाध्यक्षमा गोबिन्द बहादुर बिसी र सदस्यमा गोपाल लम्साल र भोला खाँण निर्वा्चित भएका छन ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा प्रताप बहादुर कार्की, खुल्ला उपाध्यक्षमा सिद्धार्थ उदय, कपिलवस्तु अर्धाखाची रुट उपाध्यक्षमा गणेश घिमिरे र कोषाध्यक्षमा हरी प्रसाद रिमाल निर्वा्चित भएका छन । त्यस्तै सदस्यमा कृष्ण ठकुरी, लक्ष्मण गैरे (नेताजी), कृष्ण बहादुर केसी, ओमकान्त तिमिल्सीना, तिलक प्रसाद काफले, देबेन्द्र बानियाँ, शोभाकान्त पाण्डे, नारायण प्रसाद रेग्मि निर्वा्चित भएका छन ।
यसअघि उम्मेदवारी दर्ताका क्रममा अस्ति महासचिव पदमा जितु भाट सहित ७ पदाधिकारी पदमा निर्विरोध भएको थियो ।
त्यसरी निर्विरोध हुनेमा महासचिवमा जितु भाट, सचिवमा वसन्त खडका, रुपन्देही उपाध्यक्षमा अर्जुन कुमार भुसाल र डिल्ली राज रिजाल, नवलपरासी सेक्टर उपाध्यक्षमा खिम बहादुर थापा क्षेत्री नारायण,नवलपुर सेक्टर उपाध्यक्षमा पर्शुराम भण्डारी रामु र काठमाण्डौ सेक्टर उपाध्यक्षमा रमेश कुमार फौज्दार निर्बिरोध निर्वा्चित भएका छन ।