दयाराज न्यौपाने
पाल्पा, बैशाख २९
बैशाखको अन्तिम शनिवार १०८ पिपलीको पुजन गर्ने,दर्शन गर्ने तथा जलखाने भक्तजनहरुको पाल्पाको विभिन्न धार्मिक तिर्थस्थलहरुमा घुँईचो लागेको थियो ।
पाल्पाका श्री शिबपान्चायन सिद्धबाबा मन्दीरबराङ्दी , राम्दी क्षेत्र, तथा ऋषिकेश क्षेत्र लगायतको ठाउमा समेत पिपलीको जल खाने र पुजन गर्नैकार्यमा घुईचो लागेको देखिन्थ्यो ।
यसैबिच पाल्पाको बराङ्दीमा रहेको शिबपान्चायन सिद्धबाबा मन्दिरमा विहानै देखी भगवान विष्णु तथा भगवान शिवको दर्शन गर्ने, र पिपलीको जल खानेहरुको घुँईचो लागेको थियो । पिपलीलाई भगवान बिष्णुको स्वरुप मानिने र पिपलीको जल खानाले रोग व्यथाहराउने तथा दिर्घजीवन हुने धार्मीक बिश्वास रहेको पाईन्छ । तथा सालीकराम क्षेत्र र उत्तरायन कृष्ण गण्डकी बग्ने भएकोले यस क्षेत्रको बढी महत्व रहेको र आयु ,एस ,बल र सौर्य प्राप्त हुने समेत र्धािर्मक बिश्वास रही आएकको पण्डीत पुष्कर घिमिरेले जानकारी दिनुभयो।
मन्दिरमा बैसाखको अन्तीम शनिवार भएको र र १०८ पिपलीको एकै ठाउँमा व्यवस्था भएकोले पिपलीको जलखान शिबपान्चायन सिद्धबाबा मन्दीर बराङ्दीमा आएको दर्लमडाडा पाल्पाकी ईन्दु गैेरेले बताउनु भयो । पतीको लामो आयु,स्वस्थ रहने तथा पुत्र पौत्रको लाभहुने बिश्वासले पिपलीको जल चडाउन तथा पुजन गर्ने मन्दीर आएको चापपानी पाल्लाकी पुजा बस्यालले बताउनु भयो। यो बर्षको बैसाख महिनामा करीव १० हजार भन्दा बढी भक्तजनहरुले जलखाने र पुजा गर्र्ने कार्य गरेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष मोतीलाल बस्यालले जानकारी दिनु भयो । मन्दिरमा १०८ शिव लिङ्ग,सुर्य नारायणको मूर्ति ,लक्ष्मी नारायणको मूर्ति,गणेशको मूर्तिहरु समेत रहेकोले मन्दिरमा श्रदालु भत्तजनको उपस्थीती बाक्लो हुने गरेको पण्डित डिल्लीराम गैरेले बताउनु भयो ।