पाल्पा, वैशाख २६

रामपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किदा घाईतेको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकलमा सवार रामपुर नगरपालिका वडा नं ५ बाङ्गेपसल बस्ने वर्ष १९ का सन्जु रानाको रामपुर अस्पतालमा उपचारको क्रममा बिहिवार साँझ करिव ८ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भुपाल सिं रानाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा सवार अर्का १८ वर्षका राहुल सुनारीलाई रामपुर अस्पतालमा उपचारपछि थप उपचारका लागि सदरमुकाम तानसेन पठाइएको छ । रामपुर नगरपालिका वडा नं ६ को नयाँ बजारबाट विजयपुर बजार तर्फ आउदै गरेको बा ४५ प ८३६८ नम्बरको मोटरसाईकल र किसानबारी बजारबाट विजयपुरतर्फ जादै गरेको लु ३ त ७९७२ नम्बरको ट्याक्टर बिहिवार साँझ साढे ६ बजेतिर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । ट्याक्टर र चालक अहिले प्रहरी नियन्त्रणमा छ ।