Thursday , August 6 2020

अपांगता भएका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले निःशुल्क पढाउने

त्रिभुवन विश्वविद्यालयले सबैखाले अपांगता भएका विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ ।
वैशाख ६ गते बसेको त्रिवि कार्यकारी परिषद् बैठकले उक्त निर्णय गरेको हो । त्रिविले आंगिक क्याम्पसहरूलाई जारी शैक्षिक कार्यक्रममा योग्यता पुगेका सबै प्रकारका अपांगता भएकालाई निःशुल्क भर्ना गर्न परिपत्र पठाएको छ ।
केन्द्रीय बहिरा क्याम्पसले अपांगता भएका विद्यार्थीलाई निःशुल्क परीक्षाको व्यवस्था माग गरेपछि उक्त निर्णय भएको जनाइएको छ ।
‘अपांग व्यक्तिहरूले आधिकारिक कागजात पेस गरेमा निःशुल्क भर्ना गर्ने,’ परिपत्रमा भनिएको छ, ‘भर्ना भएपछि मासिक शुल्क, परीक्षा शुल्क, लब्धांकपक्र (ट्रान्सत्रिप्ट) शुल्कसमेत सबै प्रकारका शुल्कहरू निःशुल्क गर्ने ।’

Check Also

विद्यालयका क्वारेन्टिन र आइसोलेसन हटाइने

५ साउन, काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ …

error: Content is protected !!