बर्दिया भोलागौडीकी गीता अर्यालका श्रीमान ईसाई पाष्टर हुन् । उनले पाष्टरको १० तालिम लिएपछि श्रीमती गीता अर्याल र छोराछोरीलाई पनि ईसाई बनाएका थिए ।

आर्य समाजको निरन्तरको पहलकदमीको कारण ५ वर्षपछि श्रीमती गीता अर्याल बालबच्चासहित फेरि हिन्दू धर्ममा फर्किएकी छिन् । आर्य समाजले वैदिक विधीद्वारा यज्ञादि कार्य गरेर गीता र उनका बालबच्चाको शुध्दिकरण गरेर हिन्दू धर्ममा फर्काएको हो ।

कान्छो छोरो जन्मनु अघि नै पतिको खुसीका लागि गीता ईसाई बनेकी थिईन्, जसकारण उनको कान्छो छोराको नाम चर्चले आशिष राखेको थियो । गीता हिन्दू धर्ममो फर्केको कारण उनको ५ वर्षे छोराको न्वारान हिन्दू पद्दति अनुसार गरियो र लक्ष्मण नाम राखियो ।

यी सबै कार्यको चाँजोपाँचो ऋषि ढकालले मिलाउनु भएको थियो भने सो कार्यक्रममा शिव सेना नेपालका अध्यक्ष मनोज श्रेष्ठ, आर्य समाज बाँकेका अध्यक्ष राजु आर्य, श्याम शाक्य, हरेकृष्ण श्रेष्ठको उपस्थिती रहेको थियो ।

पंण्डित लक्ष्मण आर्यले होम गरी सुद्धि र न्वारानको कार्य गर्नुभएको थियो । सो अवसरमा आर्य समाजले गाउँबासीको अगाडि बाईबल नामक ईसाईग्रन्थको वास्तविक पोल खोलेर जनचेतना पनि फैलाएको थियो ।