पाल्पा । प्रदेश नं ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउनका लागी पाल्पासंग पनि जोडिनुपर्ने देखिएको छ । प्रदेश सरकारको निर्णयअनुसार धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थलको समेत समेटेर भ्रमण वर्ष मनाउन पाल्पासमेत समेटीने देखिएको हो ।

लुम्बिनी देखि ६५ किलोमिटरको दुरीमा रहेको पाल्पा धार्मीक सास्कृतीक र पर्यटकीय हिसाबले अग्र पंत्तिमा रहेको छ  । प्रदेश पाच सरकारले लुम्बिनी भ्रमण २०७६ मनाउने भएपछि पाल्पाका एतिहासीक,  र ओझेलमा परेका सम्पदाको समेत प्रचार हुने भएको छ ।  प्रदेश सरकारले पाल्पामा रहेका पर्यटकीय गन्तव्यहरु भैरवस्थान मन्दिर, रामपुरको तालपोखरा, रम्बादेवी मन्दिर, रानीमहल दरबार, पाल्पा दरबार संग्रालग,  श्रीनगर डाडा लगायतका स्थानहरुलाई पर्यटकीय गन्तव्यको रुपमा राखेरै पर्यटन पर्वद्धनमा जोड दिएको छ । लुम्बनी भ्रमण वर्ष मनाउनका लागी पाल्पालाई समेटेर अघि बढ्नुको विकल्प नरहेको प्रदेश नं. पाचँका मुख्यमन्त्री संकर पोखरेलले बताएका छन । उनले पाल्पामा प्रचुर मात्रामा पर्यटकको सम्भावना रहेको र तेसको पहिचान र प्रचार हुन नसक्दा ओझेलमा परेको बताए । तराईको गर्मीलाई शितलतामा बदल्नका लागी पनि लुम्बिनीसंगै पाल्पालाई जोडेर अघि बढ्नुपर्ने पोखरेलको भनाई छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा भ्रमण वर्षको प्रचारका लागी भैरहवा देखि पाल्पा आउनुभएका रविन्द्र शर्माले पाल्पा सुन्दर, सान्त रमणीय र पर्यटकको आर्कषणको केन्द्रको रुपमा रहेको भएपनि सिद्धबाबाको बाटोको कारण पर्यटकका आवागमनमा समस्या भएको बताए । पाल्पा सबै कुराले पूर्ण हुदाँहुदै पनि सिद्धबाबाको बाटोले जटिलता ल्याएको हुदा यसको व्यवस्थापनमा सबैले जोड दिनुपर्ने पर्यटन व्यासायीको माग रहेको छ । लुम्बिनी भ्रमण वर्षले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई समेत सघाउ पु¥याउने देखिएको छ । पाल्पामा रहेका गुम्बा र विहारहरुको समेत प्रचार हुन नसकेको अवस्थामा यस भ्रमण वर्षले प्रचारमा टेवा पुग्ने छ । पाल्पाको पहिचानको रुपमा रहेका ढाका, करुवा, एसियाकै ठूलो मुलढोका  र प्रदेश स्तरको एतिहासीक दरबारको समेत विकासमा टेवा पुग्ने भएको हुदा स्थानीयमा समेत उत्साह थपीएको छ । संघिय संरचना अनुरुप अहिले सहरको सम्पूर्ण सुविधाहरु गाउँ गाउँमा पुगेर सदरमुकाम र ठूला बजारहरु सुकेका बेलामा लुम्बिनी भ्रमण वर्षका कारण चहलपहल बढेको स्थानीय व्यापारीहरुको भनाई छ । नेपालकै तेस्रो नगरपालिकाको रुपमा रहेको तानसेन नगरपालिका र समग्र जिल्लाको पर्यटन पर्वद्धनमा यो वर्ष प्रगती हुनेमा पाल्पालीहरु आशावादी रहेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले बताए ।

प्रदेश सरकारको लक्ष्य अनुसारको लुम्बिनी भ्रमण वर्ष मनाउदा समग्र उद्योग व्यावसायलाई पर्वद्धनमा समेत सहयोग पुग्ने उनको भनाई छ । विश्वशान्तिको प्रतीकका रुपमा प्रत्येक वर्ष ८७ देशका पर्यटक लुम्बिनीमा आउने गरेका छन । तराईको गर्मीबाट छुटकरा पाउन र पहाडको मनोरम पर्यावरणसंग रमाउनका लागी पनि आनतरीक र बाह्य पर्यटकहरुलाई पाल्पासम्म ल्याउन जरुरी देखिन्छ । कमल अधिकारीबाट