पाल्पा, बैशाख १९
पाल्पामा प्रथम मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रतियोगीता अन्र्तगत जिल्ला स्तरीय छनौट खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगीताको पुरुष तथा महिला भलिबलमा रम्भा गाउँपालिका प्रथम भएको छ ।

पुरुष भलिबलमा रामपुर नगरपालिका दोश्रो र महिला तर्फ तानसेन नगरपालिका दोश्रो भए । व्याडमिन्टन तर्फ तानसेन नगरपालिका प्रथम, माथागढी गाउँपालिकाका दोश्रो भयो भने रिब्दीकोट गाउँपालिकाले तेश्रो स्थान प्राप्त गर्यो । जिल्ला स्तरीय खेलाडी छनौट प्रतियोगीतामा विभिन्न १० वटा स्थानिय तहका २ सय खेलाडी बिचबाट ४७ खेलाडीहरु छनौट भएका छन् ।

पुरुष तथा महिला भलिबल तेक्वान्डो, डब्लुटिएफ, एथलेटिक्स (महिला तथा पुरुष), दौड प्रतियोगीता अन्तर्गत १ हजार ५ सय मिटर महिला र पाँच हजार मिटर पुरुष, सटपुट, व्याडमिन्टन महिला तथा पुरुष र बुद्धिचाल खेल विधामा खेल सञ्चालन गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष करुणा काफ्लेले बताए । छनोट भएका खेलाडीहरु वैशाख २३ गते देखी हुने प्रदेश स्तरीय प्रतियोगीताका लागी सहभागी हुने काफ्लेले बताए ।

प्रदेश सांसद डा. पुरनमान बजा्रचार्यले खेलकुदले जिवनका हरेक गतीबिधीलाई सवल र शसक्त बनाउदै लैजाने बताए । उनले खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहेको बताउँदै प्रत्येक खेल बिद्याले राष्ट्रिय रुपमा पहिचान निमार्णमा सहयोग गर्ने बताए । खेल बैषाख १७ र १८ गते तानसेनको टुँडिखेलमा चलेको थियो ।