पाल्पा, वैशाख १२
माथागढी गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागु गरेको छ । कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम बनाएर गाउँपालिकाले आफ्नै पाठ्यक्रमका विद्यार्थीहरुलाई पढाउन सुरु गरेकोे हो ।
माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले स्थानीय पाठ्यक्रम बनाएर विद्यार्थीहरुलाई सिकाई आरम्भ गराएको बताए । उनी भन्छन्, ‘अब केही दिनमा यहाँका ४५ वटा विद्यालयका कक्षा १ र ६ मा अध्ययन गर्ने विद्यार्थीहरुले एकसाथ गाउँपालिकाले बनाएको पाठ्यक्रममा रहेर अध्ययन गर्दैछन् ।’ सबै विद्यालयमा भर्नाको कार्यक्रम चलिरहेकोले औपचारिकता भने दिन बाँकी रहेको उनले बताए ।

‘यस शैक्षिकसत्र २०७६÷७७ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम भएको छ । छलफल पनि भैरहेको छ । माथागढी गाउँपालिका अध्यक्ष थापाले भने, गाउँपालिका भित्रका संस्कृती, संस्कारको विषयमा, प्रभुत्वशाली व्यक्तिको विषयमा अध्ययन गर्ने अवसर प्रदान गर्न थालेका छौं ।’ थापाले भने, स्थानीय मगरजातीको बाहुल्यता रहेको गाउँपालिकामा मगर भाषामा अध्ययन गर्ने अवसर पनि सिर्जना हुँदैछ । मगर संस्कृतिको जगेर्ना गर्न माथागढी गाउँपालिकाको लेटरप्याड, स्टाम्प र सरकारी निकायमा मगरी भाषा लेख्ने निर्णय गरेका छौं । ‘सबै शिक्षाको भाषा र लिपी नेपाली तथा मगरी हुनेछ । मगरभाषाको ३ पाठ्यभार राखिएको छ, अध्यक्ष थापाले भने, ‘स्थानीय इतिहास, परम्परा, संस्कार, स्थानीय सम्भावना जस्ता विषय स्थानीय पाठ्यक्रममा राखिएको छ ।’
स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक अषेश भट्टराईले १४ वटा क्षेत्रहरुमा रहेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताए । ‘स्थानीय भूगोल, इतिहास, संस्कृती, रितिरिवाज, खाना, चाडपर्व, कृषि, खेल, उपचार विधि, पर्यटन, स्रोतसाधन र व्यक्तित्वको जीवनी समेटेर पाठ्यक्रम निर्माण गरेका छौं, भट्टराईले भने, ‘कक्षा १ को १४ वटा पाठ र कक्षा ६ को २५ वटा पाठ राखेर पाठ्यक्रम निर्माण भएको छ ।’
माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार नेपालीले गाउँकार्यपालिकाको निर्णय अनुसार स्थानीय पाठ्यक्रम माथागढीमा लागु भएको बताए । ‘पाठ्यक्रम सबै विद्यार्थीको हातमा पुगेको छैन । १५ गतेसम्म सबै विद्यालयका सबै शिक्षकहरुसामू पु¥याएर सुरु हुन्छ । अहिले भर्ना अभियान नै चलेको छ, अधिकृत नेपालीले भने, गाउँशिक्षा समितिले पाठ्यक्रम निर्माण समिति गठन गर्यो । समितिले अध्ययन गरेर लागु गरेका हौं ।’ गाउँपालिकाले १ सय पूर्णाङ्कसम्म राखेर स्थानीय पाठ्यक्रम बनाउन सक्छ । पाठ्यक्रम विकास केन्द्रको निती भित्र रहेर हामीले स्थानीय पाठ्यक्रम बनाएका हौं । प्रमुख प्रशासकीय अधिकृत नेपालीले भने गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । निर्धारित मापदण्ड अनुसार खास १ देखी ८ सम्म लागु गर्ने हो । अहिले ट्रायलको रुपमा कक्षा १ सय ६ मा लागु गरेका हौं । स्थानीय पाठ्यक्रम १४ वटा क्षेत्र छन् । यसभित्र रहेर शिक्षकहरुलाई ओरेन्टेशन गरेपछि सबै विद्यालयमा स्थानीय पाठ्यक्रमबाटै पढाई हुन्छ । अधिकृत नेपालीले भने, ‘ कक्षा १ देखी ५ सम्म इच्छाधिन विषयमा १ सय २८ पाठ्यभार राखेर बनाउन सकिन्छ । कक्षा ६ मा कम्प्यूटर विषय थियो यसलाई एक्टिभिटीको रुपमा लैजाने र यसको सट्टामा स्थानीय पाठ्यक्रम पठाउन थाल्यै ।’
१ सय २८ पाठ्यभार राखेर माथागढी गाउँपालिकाले एक सय पूर्णांकमा पाठ्यक्रम तयार पारेको जनाएको छ । कक्षा १, २ र ३ निरन्तर मूल्याङ्कन प्रणाली र कक्षा ४ देखी ८ सम ५० प्रतिशत सौद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिबाट मूल्याङ्कन हुने जनाएको छ ।