पाल्पा, वैशाख १२

पाल्पा तानसेनकाे मुटु मानिन्छ, शितलपाटी । पछिल्लाे समय  यहि शितलपाटी भने माेटरसाइकल र निजी सवारीसाधन पार्किङस्थल बनेकाे छ ।

पाल्पा उद्याेग वाणिज्य संघले अाफ्नै लगानीमा सुन्दरता थपेकाे शितलपाटी पूनः नियमित रेखदेख नहुँदा जीर्ण बन्न थालेकाे छ । यहाँ जिल्लाका अधिकांश व्यक्ति भेटघाट हुने र माेटरसाइकल पार्किङ गर्ने थलाेकाे रूपमा चित्रित हुन थालेकाे छ ।

तानसेनका अधिकांश स्थान साँधुराे छ । जहाँ ट्राफिक जाम पनि हुँदै अाएकाे छ । जिल्लामा भिअाइपी सवारीमा बाहेक बसपार्क बाहेकका स्थानमा ट्राफिककाे उपस्थिति कमजाेर देखिन्छ । यहाँका मानिसहरूकाे अाचरण पनि उस्तै भएका कारण शितलपाटी नाे पार्किङ क्षेत्रमा सवारी राेकेर राख्नेहरू बढेका छन् ।