पाल्पा, वैशाख ८
शुक्रबारदेखी शनिबारसम्म १ सय २० जना दुई प्रदेशका विशिष्ट व्यक्तिहरु कालीगण्डकीमा शयर गरे । धेरैले आफ्ना अनुभूति ¥याफ्टीङ (जलयात्रा) महोत्सवमा बाँडे । साथमा थिए गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्रदेश नं. ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, युवराज खनाल र पाल्पा, स्याङ्गजा, तनहुँका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु । गण्डकी प्रदेश र प्रदेश ५ को बिचमा बहने कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग महोत्सवले यस क्षेत्रको आर्थिक, सामाजिक, धार्मीक तथा पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।


नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सम्पन्न भएको महोत्सवबाट कालीगण्डकीमा केही समयमै नियमित ¥याफ्टीङ सञ्चालन गरिने भएको छ । कालीगण्डकी उपत्यका विकास समिति अध्यक्ष शान्ताबहादुर श्रेष्ठको अग्रसरतामा रामपुर नगरपालिकाले महोत्सवको आयोजना गरेको थियो । पाल्पा, स्याङ्गजा, तनहुँ नवलपुर क्षेत्रका रम्भा गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, घिरिङ गाउँपालिका र रामपुर नगरपालिका कालीगण्डकी किनारसँग जोडिएका छन् ।

धार्मिक कालीगण्डकी उपत्यका हुँदै बगेकी कालीगण्डकी नदीमा धार्मिक पर्यटकलाई जलयात्राको भरपुर आनन्द दिन ¥याफ्टिङ सञ्चालन गरिएको पूर्व सचिव श्रेष्ठले बताए । ‘दुई दिनसम्म कालीनदीमा तैरियर यस क्षेत्रको प्राकृतिक मनोरम वातावरणको अवलोकन निकै रमाईलोसँग ग¥र्यौं । सनातन धर्मसंग जोडिएको धार्मिक पुण्य प्राप्त गर्न नदी र नदी किनारमा रहेका शक्तिपीठ हेर्न सक्छौ यसबाट आनन्द र पुण्यप्राप्तको दोहोरो फाइदा लिऔं । कोही नेपाली घुम्न बाहिर जान नपर्ने रहेछ, श्रेष्ठले भने, हामि विदेशमा भ्रमणमा निस्कनुभन्दा नेपालमै आन्तरिक पर्यटकको रुपमा पनि आनन्द भरपूर लिन सक्छौं ।’
कालीगण्डकी नदीमा ¥याफ्टीङ महोत्सव पाल्पा र स्याङ्जाको उत्तरवाहिनी क्षेत्रबाट शुक्रबार सुरु भई शनिबार तनहुँको पुट्टारघाटसम्म पुगेर सकिएको हो । ¥याफ्टिङमा १८ वटा बोटको प्रयोग गरिएको थियो । कर्णाली रिभर ¥याफ्टिङका प्राविधिकहरुले महोत्सवमा सहजिकरण गरेका थिए । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले दुई प्रदेशको सीमानाको रुपमा रहेको कालीगण्डकीले गण्डकी र प्रदेश ५ को सुमधुर सम्बन्धको विकास गर्ने बताए ।

‘¥याफ्टिङले हामीलाई एउटा पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ भन्ने विश्वास भएको छ, पारिवारिक तथा एड्भान्चर दुवै रमाईलो अनुभूति भएको छ, मन्त्री गुरुले भने, प्राकृतिक वहावलाई परिवर्तन गर्नुभन्दा कालीगण्डकीलाई प्राकृतिक रुपमै वहन दिएर दुई प्रदेशको समृद्धि खोज्न लाग्नु आवश्यक छ ।’ उनले भने, ‘कालीगण्डकीको वहाव परिवर्तन गरेर रुपन्देही क्षेत्रमा सिंचाईका लागि कालीगण्डकी डाइभर्सन गर्ने भन्ने कुरा हुनै सक्दैन । जलचर तथा स्थलचर प्राणीको विनास हुन्छ । राम्दीभन्दा तलका जनताको शिर छेदन गरेजस्तो हुन्छ । भारतीयहरुको खेलमा डाईभर्सन योजना अगाडी बढेको हो । त्यसैले प्राकृतिक रुपमै कालीगण्डकीलाई उपयोग गरौैं ।’


दुई दिनको जलयात्रामा सहभागी जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दलका व्यक्ति, पत्रकार तथा यहाँका बुद्धिजिवीहरुले कालीगण्डकी डाइभर्सन योजनाको खुलेरै विरोध गरे । ¥याफ्टिङकै क्रममा उनीहरु धार्मीक, सांस्कृतिक तथा पर्यापर्यटनको भरपूर मनोरञ्जन मिलेको प्रतिक्रिया दिए । पत्रकार जीवन भण्डारी भन्छन्, अलौकीक क्षमता रहेको कालीगण्डकीमा शयर गर्दै दुई प्रदेशका विभिन्न स्थानहरुका बारेमा नयाँ व्यक्तिहरुलाई जानकारी दिन पाउनु निकै आनन्द दायक भएको छ ।’ ‘हामी धेरै क्षेत्रमा सञ्चार माध्यममा काम गर्ने पत्रकार साथीहरुसँग एड्भान्चर ¥याफ्टिङको मज्जा लियौं, भण्डारीले भने, यसको आनन्द लिन अरुले पनि छुटाउनु हुन्न । यसबाट दुई प्रदेशले प्रशस्त लाभ लिन सक्छन् ।’ कालीगण्डकी नदीमा ¥याफ्टिङ चलाउन कर्णाली ¥याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञको टोली ३ खण्डमा परीक्षण गरेर महोत्सव आयोजना गरिएको थियो । रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले दुई दिनमा धेरै कुराहरुको ज्ञान लिँदै मनोरञ्जन तथा अध्ययनसँगै हासिल गरेको बताए । ‘कालीगण्डकीलाई प्राकृतिक रुपमै सदुपयोग गराउनुपर्छ । पर्यटक भित्याउन अरु सोचिराख्नु भन्दा संभावनालाई कार्यान्वयमा बदल्नुपर्ने रहेछ, मेयर थापाले भने, ‘शाहसिक जलयात्राका लागि कालीगण्डकी उपयुक्त छ । नदी किनारका विभिन्न स्थानमा क्यामफायरदेखि बिभिन्न रमाइलो लिन सकिने प्रशस्त सम्भावना छ ।’