बाँके, ७ बैशाख ।
बाँकेमा जारी पुरुष क्रिकेट प्रतियोगताको चौंथो दिन त्रिभुवन आर्मी क्लव र प्रदेश नं. २ ले रोमाञ्चक जित हासिल गरेका छन । बाँकेको कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर प्रदेश नं. १ ले फिल्डीङ रोजेको थियो । पहिलो पारीमा ब्याटिङको निम्ता पाएको त्रिभुवन आर्मी क्लवले २० ओभरको खेलमा ९५ रनको योगफल तयार पारेका थियो । टिमकालागि राजेश पुलामी मगरले ४१ बल खर्चिएर २७ रन जोडेका थिए भने कुशल मल्लले १४ रनको सामना गर्दै २६ रन बटुलेका थिए । राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको बाहुल्यता रहेपनि शनिबारको खेलमा उनिहरुको प्रदर्शन कमजोर रह्यो । सोमपाल कामीले ११ रन जोड्दा राष्ट्रिय टिम बहुचर्चित बिनोद भण्डारी शुन्य रनमै पेवेलियन फर्किएका थिए ।
आर्मीका अनुभवी खेलाडीहरुलाई सस्तैमा समेट्ने क्रममा प्रदेश नं. १ का बलर दिपेश कंडेलले २ विकेट लिएका थिए भने फ्रीदोष अन्सारी, पुष्प थापा र श्रवण यादवले १÷१ विकेट लिएका थिए । ९६ रनको झिनो लक्ष्य पछ्याएको १ नं. प्रदेश ६८ रनमै समेटियो । आक्रामक पारी खेलेपनि १ नं. प्रदेशका खेलाडीहरुले खासै रन बटुल्न सकेनन् । सुरुवाती दुबै ब्याट्सम्यान शुन्यमै पवेलियन फर्किएपछि १ नं. प्रदेश दवावमा आएको थियो । टिमकालागि दिपेश कंडेल, मुकुन्द यादव र फ्रिदोष
अन्सारीले समान ११÷११ रन बटुलेका थिए भने सुकम पुनले १० रन जोडेका थिए ।
त्यसबाहेकका खेलाडीहरु सस्तैमा समेटिएपछि त्रिभुवन आर्मी क्लवले २७ रनअन्तरले जित निकालेको हो । आर्मीका बलर सुशान भारीले ५, सहाव आलमले ३ र सोमपाल कामीले १ विकेट लिएका थिए । प्रतियोगिताको प्लेयर अफ द म्याच ५ विकेट लिने प्रदेश नं. १ का सुशान भारी घोषित भए ।
यसैबिच शनिबार नै सम्पन्न दोस्रो खेलमा प्रदेस नं. २ बिजयी भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको प्रदेस नं. २ ले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाउदै मात्र ८६ रन बनाएको थियो । उसका लागि हरि शन्कर साह १४, सम्सद सेख १२, राहुल प्रताप सिंह १४ र बिबेक यादबmे १० रन बनाएका थिए ।
प्रदेस नं. ३ का लागि संघर्ष पौडेल र सोनु तामाङ्गले समान २÷२ विकेट लिएका थिए भने नन्दन यादब, अशिम श्रेष्ठ र सोनु देबकोटाले समान १÷१ विकेट लिएका थिए ।

झिनो लक्ष पछ्याएको प्रदेस नं. ३ ले सोनु तामाङ्ग १२, जितेन्द्र सिंह ठकुरी १२ र हेम राज पौडेलले १४ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा २० ओभरमा अल आउट हुँदै ६५ रनमा समेटिएपछी २१ रनले पराजित रह्यो ।
प्रदेस नं. २ का लागि कुमार थापा र राहुल प्रताप सिंहले समान ३÷३ विकेट, सैफुल्लाह अन्सारी र शम्साद सेखले समान २÷२ विकेट लिएका थिए । प्रदेस नं. २ का राहुल प्रताप सिंह प्लयेर अफ द म्याच भएका थिए ।