काठमाडौं । बुद्ध एयरले वैशाख २ गते भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पर्खिएको भए जहाजमा यात्रा गर्ने ६८ जना यात्रुलाई अप्ठेरो पर्न सक्ने स्पष्ट पारेको छ ।

सञ्चारमन्त्रीले आफूले आग्रह गर्दागर्दै बुद्ध एयरको जहाजले छाडेर काठमाडौं गएको हुँदा सोमबार बुटबलमा बस्नुपरेको बताएका थिए । मंगलबार बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ–यदि अर्को ३०–३५ मिनेट कुर्नुपरेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्रि विश्राम गर्नुपर्ने अवस्था आउन सक्थ्यो । जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्थ्यो ।”

यस्तो छ विज्ञप्ति

सञ्चार मन्त्रीज्यूको उडानबारे बुध्द एयरको ध्यानाकर्षण

विभिन्न सञ्चारमाध्यममा माननिय सञ्चारमन्त्री गोकुलप्रसाद बा“स्कोटाज्यूको हिजो वैशाख २ गते भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार प्रकाशित भएको रहेछ । यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

१.     वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं. ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो ।

२.     काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहा“को सुरक्षा निकायस“ग समन्वय गर्दा मन्त्रीज्यू र उहा“को टोली सो उडानबाट नजाने र भोलि वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो ।

३.     मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको थियो । त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं । त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहा“को टोली

करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाईगर प्यालेस रिसोर्टबाट हिड्नु हुने भन्ने जानकारी दिनुभयो ।
यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बा“की ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पथ्र्यो ।
सुरक्षित र सकभर समयमै उडान भर्नु हाम्रो पहिलो दायित्व हो । त्यसैकारण हाम्रो व्यवस्थापन निर्णय अनुसार सो उडान वाध्यात्मक कारणले राती ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडयौं र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण ग¥यो ।