काठमाडौ- मौसममा आएको खराबीका कारण नेपालगञ्ज विमानस्थलमा विमान अवतरण हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको बास नेपालगञ्जमा नै भएको छ।

काठमाडौंबाट नेपालगञ्जका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्जको मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौं नै फर्किएपछि प्रधानमन्त्रीको बास नेपालगञ्जमा नै भएको हो।

त्रिभूवन विमानस्थल कार्यकालयका प्रमुख राजकुमार क्षेत्रीले मौसममा खराबी आएकाले नेपालगञ्जका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको जानकारी दिए।

प्रधानमन्त्री ओली नेपालगञ्जस्थित नेपाली सेनाको ब्यारेकमा बस्ने तय भएको स्रोतले जानकारी दिएको छ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ उद्घाटनका लागि मंगलबार नेपालगञ्ज हुँदै प्रधानमन्त्री ओली सुर्खेत पुगेका थिए।