काठमाण्डाैं, वैशाख १

आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरकाे उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेकाे हाे।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।

त्रिभुवन विमानस्थलका प्रवता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट सुदीपढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको मृत्यु भएकोहाे।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एयर हाेस्टेज रश्मी लामा घाइते छन्। क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। लामाकाे अवस्था सामान्य छ ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङमा राखेको मनाङ र श्री एयरका हेलिकप्टरसित ठोक्किएको समिटका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए।

दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एकप्रहरी समेत घाइते भएका छन्।दुर्घटनाबाट हेलिकप्टरमा समेत क्षति पुगेकाे छ। कान्तिपुरबाट