पाल्पा, वैशाख १
सेरोफेरोन्यूज भित्तेपात्रो २०७६ को प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीले संयुक्त रुपमा लोकार्पण गरेका छन् । नयाँ वर्ष २०७६ को अवसरमा सेरोफेरोन्यूज दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।
पाल्पाको तानसेनमा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसक्ने अवस्था रहेको भएता पनि नयाँ वर्षमा विकासले तिव्रता पाउने बताए । उनी भन्छन्, ‘पहिलो वर्ष भूईचालो आयो, नाकाबन्दी लाग्यो । दोस्रो वर्ष तीनतीन वटा चुनाव सम्पन्न भयो । तेस्रो वर्ष संघीयता कार्यान्वयन गर्ने कानून बनाउने वर्षका रुपमा गुजा¥र्यौं । तीनवटै वर्ष जटील र चुनौतीपूर्ण थिए तर विकास ४ बाट बढेर ६ प्रतिशतको विकास हासिल भएको छ ।’ प्रदेश ५ काम मुख्यमन्त्री पोखरेलले आयात र निर्यातमा असन्तुलन भएको जस्तो देखिएता पनि मेशीनरी सामान र निर्माणजन्य सामाग्रीहरुको आयात भएको छ भन्दै ति चिजले गरेको विकास देखिन बाँकी रहेको बताए ।


‘नयाँ वर्षले हामिलाई जोश जाँगर र उर्जा दिने वर्षका रुपमा दिने वर्ष बनोस्, मुख्यमन्त्री पोखरेलले भने, काठमाण्डौं केन्द्रीत शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक शासन व्यवस्था पाएका छौं, अब सबैले सबैलाई स्वीकार गर्ने वातावरण नयाँ वर्ष २०७६ ले प्रदान गर्नेछ ।’ सोही अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सरकारले गरेका कामहरुले गति लिने बताए । सभामुख घर्तीले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिएर अगाडी बढ्न आग्रह गर्दै नयाँ वर्ष सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गरे ।


पिपुल्स क्रियशन प्रालिद्वारा सञ्चालनमा आएको सेरोफेरोन्यूज डटकम सुशासनका लागि जवाफदेहीता, पारदर्शीता, उत्तरदायित्व, विधिको शासन तथा सूचनाको हक स्थापनामा लागि परेको सम्पादक मुक्ति प्रसाद न्यौपानेले जानकारी दिए । सूचना विभागमा ८०८ नम्बरमा दर्ता भएको सेरोफेरोन्यूज स्थानीय शासनमा जनताको चासो विवेचनात्मक दृष्टिकोणबाट प्रस्तुत गर्न निरन्तर लागि पर्ने सम्पादक न्यौपानेले बताए । सेरोफेरोन्यूज युट्युव, फेसबुक र ट्वीटरमा पनि निरन्तर अपडेट छ ।
तस्वीरः सेरोफेरोन्यूज भित्तेपात्रो २०७६ को लोकार्पण गर्दै प्रदेश ५ का मुख्यमन्त्री र समामुख ।