चैत ३०
भा को एउटा जाले रुमाल फुल भरेको छैन,
के लैजान्छौं सानु तिम्ले पिरतीमा वैना हे वरे हे वरै
सालको पातको टपरी हुने, हे वरै नहुने सल्लैकै, तिम्रो माया कतिछ कति हे वरै नलाउपछि हल्लैको…

कुलेन्द्र विश्वकर्मा जव स्टेजमा चढे तालीसँगै सबैजना हुटिङ गर्दै थिए । सालको पातको टपरी हुने गीतलाई कुलेन्द्रले बिना म्युजिक गीत गाएर अर्को गीत जिम्माल बाको आँगनीमा नारन पुजा लाको गीत गाए । पाल्पा वंशगोपाल कृषि, पर्यटन तथा सांस्कृतिक व्यापार मेला २०७५ मा दर्शकहरुले नाचेर साथ दिए । सालको पात गीत म्युजिकसँग गाउन थालेपछि सबैले स्वरमा स्वर मिलाएका थिए । पटकपटक ‘वन्स मोर’ को दर्शकको हुटिङ्गले कुलेन्द्रले सालको पात चार पटक दोहो¥याए ।
जादुगर बलराम सरकारले विभिन्न हातको सफाई मार्फत् जादू देखाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

हास्यकलाकार बिष्णु पाण्डे ‘माइला बा’, प्याकुली, बैकुण्ठ महत, पशुपति शर्मा, हेमन्त शर्मा, रामचन्द्र चन्द, भुमिका गिरी, शंकर घिमिरे, पुरुषोत्तम गैरे, शुशिल आचार्यको प्रस्तुती रहेको थियो । यस्तै प्रमोद खरेल, बद्री पंगेनी, कमलखत्रीहरुले मेलामा आफ्नो प्रस्तुती दिईसकेका छन् । कृषि, पर्यटन तथा सांस्कृतिक मेलामा अहिलेसम्म एक करोड बढीको कारोबार भईसकेको छ ।
मेलामा जेष्ठ नागरिक र अपाङगको लागी निःशुल्क प्रवेशको व्यवस्था मिलाइएका ेछ । अन्य व्यक्तिहरुलाई ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ टिकट तोकिएको छ । वैशाख २ गतेसम्म सञ्चालन हुने मेलाबाट संकलन हुने रकमबाट बाघखेल मैदान निर्माण गर्ने उद्देश्य राखिएको मेलाका संयोजक एवं वंशगोपाल युवा क्लवका अध्यक्ष प्रदीप खनालले बताए । तानसेन नगरपालिका–७, बाँसटारीमा आयोजना गरिएको मेलामा धार्मिक, तथा पर्यटकीय स्थलको फोटो प्रदर्शनी, स्थानीय लोक सस्कृतिमा आधारित सास्कृतिक कार्यक्रम र राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । भलिवल खेल महोत्सवको आकर्षणको रुपमा रहेको तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मुक्तिराम जिसीले बताए । भलिवल खेलमा प्रथम पुरस्कार एक लाख रुपैयाँ राखिएको उनले बताए ।

मेलामा विभिन्न साँस्कृतिक कार्यक्रमहरुसँगै स्थानीय खानाका परिकारहरु, बालउद्यान, फोटो प्रदर्शनी, मौरीबाट मह काडेर खान पाईने व्यवस्था गरिएको प्रचारप्रसार मिडिया उपसमितिका संयोजक सुरेश बोहोराले बताए । मुख्य व्यापारिक तथा शहरी क्षेत्र भन्दा बाहिर पहिलो पटक आयोजित मेलामा विभिन्न फरकपनहरु प्रस्तुत गर्ने प्रयत्न गरिएको बोहोराले बताए । ‘पाल्पाली ढाका, अटोमोबाईल, सूचना प्रविधि, हाउजिङ, बैंक, शैक्षिक संस्थाहरुको सहभागीता रहेको छ । मेला स्थलमा हट एयर बेलुन उडाईरहिने छ ।’ बोहोराले भने ।
‘युवा एकतालाई बलियो पार्दै, सामाजिक विकासमा हातेमालो गरौं’ भन्ने मूल नाराका साथ औद्योगिक शान्ति नेपाल संस्था, तानसेन नगरपालिका कार्यालय, प्रभास धर्म संस्कृति मेलापर्व व्यवस्थापन समितिको सहआयोजनामा मेला चलिरहेको छ ।