गुल्मी, चैत २७

गुल्मीमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ नेटा, दर्लिङमा बिहीबार बिहान लु१ज १९५७ नम्बरको जीप दुर्घटना हुँदा पूर्व सांसद् रुद्र भण्डारीसहित ८ जना घाइते भएका छन् ।

त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको उद्धार भइसकेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।