म्याग्दी – कालीगण्डकी नदीमा पोडी खेल्ने क्रममा डुवेर गम्भीर अवस्थामा उद्धार गरिएका एक युवालाई हेलिकप्टर मार्फत उपचारका लागि पोखरा लगिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ सुकेबगरमा पौडी खेल्दा एक्कासी दहमा डुबेका सबिन बुढाथोकीलाई साथीहरुले उद्धार गरेर भुरुङ्ग तातोपानी स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि बेनी अस्पतालमा सामान्य उपचार गरी पोखरा लगिएको हो ।

अस्पतालमा उपचार सम्भव नभएपछि घार वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले व्यक्तिगत खर्चमा हेलिकप्टर मार्फत बुढाथोकीलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पुयाएको बताए ।