इलाम– इलामको सूर्योदय नगरपालिकामा एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन्। सूर्योदय नगरपालिका ९ बरबोटेका ३९ वर्षीय विजय राईले गएराति साढे ९ बजे मासु काट्ने कट्टीले आफ्नै घाँटी रेटेका थिए।

गम्भीर घाइते अवस्थामा फेला परेका राईलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

झापा पठाइएकोमा उपचारका क्रममा राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

घटनाको कारण खुलेको छैन।