Thursday , August 6 2020

अठार वर्षदेखी पितृ बोलाउँदै सुन्तली

मुक्तिप्रसाद न्याैपाने, पाल्पा
तपाईको परिवारमा मरेको व्यक्ति उसकै लय तथा आवाजमा बोल्छन् भन्दा तपाईलाई पत्यार नलाग्ला ? नलाग्नु पनि स्वभाविकै हो ! तर एक पटक ‘सुन्तली दमिनी’ को मा पुगेपछि भने तपाईको भ्रम, भ्रममा सीमित हुन्छ । किनकी यहाँ पितृ बोल्छन् । सुन्तलीसँग पितृ बोलाउने कला छ । हुँगी–७ पाल्पाकी ‘सुन्तली दमिनी’ को वास्तविक नाम शान्ता परियार हो । तर उनलाई सुन्तली भनेर सम्बोधन गर्ने गरिन्छ । उनी अठार वर्षदेखी पितृ बोलाएरै जीविका चालएकी छिन् ।

शनिबार बिहान झिसमिसे उज्यालोमा ‘सुन्तली दमिनी’ को मा पितृ बोलाउनेको भीड थियो । भीडमा धेरै युवा पनि थिए । युवा अवस्थामा गृहदशा, भाग्यरेखा र पितृ बोलाउने भन्ने धेरैलाई विश्वास लाग्दैन ।

त्यही भीडमा थिए रामपुर–१० पाल्पाका बिष्णु आचार्य । उनले आफु अरुको लहलहैमा लागेर पितृ बोलाउने भन्दै बिहान पाँच बजे हुँगी आएको बताए । उनी भन्छन्, ‘विश्वास नलागे पनि धेरैले मरेको व्यक्तिको अभिनयमै भूत, वर्तमान र भविष्य जानकारी हुन्छ भन्ने सुनेको थिए । हजुरबुबाले गरेका कार्यहरु र मृत्युपछिको उहाँको जीवनी पनि सुन्न पाएँ ।’ आचार्यसँगै आएका सोही स्थानका कक्षा १२ मा अध्ययनरत गोविन्द गौतम जीवनमा के गर्ने ? कसरी अगाडी बढ्ने भन्ने जानकारी प्राप्त गर्दा खुसी भएको बताए । उनले यहाँ आएर सुन्तलीले भनेका सम्पूर्ण कुराहरु मिल्दोजुल्दो भएको बताउँछन् ।
मदनपोखरा–६ पाल्पाका बिष्णु भुसालले अकालमा मरेका पितृसँग उसकै अभिनयमा बोल्ने मौका पाएपछि पाँच पटक सुन्तलीकोमा हेराउनको लागि आएको बताए । ‘पहिलो पटक आउँदा सामान्य लागेको थियो । जति आउँदै गएँ आफ्ना मरिसकेका आफन्तजनको सम्झना बल्झिन लाग्यो । यहाँ आएर असेट मेटेको अनुभूति हुन्छ,’–भुसालले भने । उनले परिश्रम गर्दा पनि मेहनतको फल नपाएपछि निराश बनेकाहरुलाई पितृसँग बोलेर आफ्नो भविष्य जानकारी पाउँदा आशा भरिने गरेको अनुभव नागरिकलाई सुनाए । अपत्यारिलो तर वास्तविक आवाजमा वास्तविकता जानकारी पाइन्छ उनले भने । स्थानीय बिर्खकुमारी पछाईले धेरैले विश्वास गरेर हेराउनको लागी यहाँ भीड लागेको देख्ने गरेपछि आफुपनि पितृसँग बोल्न पालो पर्खेर बसेको बताईन् ।


यतिबेला सुन्तली दमिनीसँग पितृ बोलाउने मानिसको कुनै कमी छैन । धेरैले उनको मोबाईलमै फोन गरेर आफ्नो पालो (समय) लिने गर्छन् । यहाँ विभिन्न जिल्लाहरुसँगै भारतको दिल्ली, लखनउ, मद्रास, बम्बै र विहारबाट समेत मानिसहरु आउने गरेको बताईन् । मेरो पेशाकै कारण धेरै जात, धर्म, लिङ्ग, पेशा तथा समुदायका व्यक्तिहरुसँग सम्पर्क स्थापित भएको छ । पितृमोक्ष कार्यकालागि पितृसँग बोल्न धेरै ठाउँबाट मानिसहरु आउने गर्दछन् । अठार वर्ष भयो, यहि पेशाबाटै मेरो जीविका चलेको छ । दुई छोरा र चार छोरीहरु सहितको परिवार धानिएको छ, उनले भनिन् । उनीले दैनिक ३० देखी ३५ जना व्यक्तिहरुको भूत, वर्तमान र भविष्य बताउने अनुभव सुनाईन् । अकालमा ज्यान गुमाउँनेहरुको मृतआत्मा आफ्नो शरिरमा अनुभव बताउन प्रकट हुने र सोही अनुसार आफुले बोल्ने गरेको शान्ता परियारले बताईन् । उनले बिहानै नुवाई धुवाई गरेर भगवानको आराधना गरि पितृ बोलाउने कार्यमा राती अबेरसम्म सक्रिय हुने गरेकि छिन् ।
पितृ बोलाउनको लागि कुनै विज्ञापन पनि गरेकि छैनन्, सुन्तलीले । उनीकहाँ एकपटक पुग्ने मानिसहरुले व्यक्तिगत सञ्चार गरेकै कारण उनलाई खोजीखोजी हेराउने मानिसहरु हुन्छन् । स्याङजा घर भएका युवाले नाम नबताउने सर्तमा आधुनिक समयमा पितृ बोलाउने र आफ्नो भविष्य खोज्ने व्यक्तिहरु यस्तो अन्धविश्वासलाई समेत चिर्न नसकिने अनुभव गरेको बताए । (२०७३ चैत २० गते प्रकाशित सामाग्री पूनः पाठककाे अनुराेधमा)

Check Also

जनै पूर्णीमा मनाइँदै (फाेटाे फिचर)

पाल्पा, साउन १९ ‘येन बद्धो बलिराजा दानवन्धो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ श्रावण शुक्ल …

Leave a Reply

error: Content is protected !!