सुमन पाैडेल

तानसेन नगरपालिकाको २०७५ फाल्गुन १५ गते बसेको बोर्ड बैठकले सडक मापदन्ड अनुसार नगरपालिकाको सडक क्षेत्रमा पर्ने भौतिक सम्रचना भात्काउने निर्णय गर्यो। यद्यपी त्यो निर्णय बैठकको केही दिन पछी मात्र सार्वजनिक भयो। तानसेन नगरपालिकाका प्रमुख प्रसासकिय अधिक्रित क्रितन राज पौडेलले एक अन्तर्वाता दिने क्रममा यसको खुलसा गरे। यस् निर्णयले सडक क्षेत्रका घरधनी तथा ब्यापारीहरुमा एउटा तरङनै पैदा गरिदिएको छ। केन्द्र देखी स्थानिय सम्यन्त्र सम्म बिभिन्न निर्णय गराइ पूर्ववत समयमा शान्त पारिएको सडक बिस्तारको कुरा उठ्दा सन्सय पैदा हुने नै भयो। त्यती मात्रा होइन यस् सडकको बिकल्पको रुपमा सहायक सडक तयार गरियो होलङ्दी देखी ढुङ्गाखानीसम्म र अर्को सडकलाई शहरी सडकको रुपमा कायम गरियो। तथापी सवारी सन्चालन भने सहायक मार्गबाट नभै शहरी क्षेत्रबाट नै गरिनुपर्ने बजार क्षेत्रका स्थानियहरुको माग छ।

यस्तो छ सडकको नालिबेली
स्थानिय बासिन्दाको बिभिन्न केन्द्रगत तहमा डेलिगेसन पछी होलाङ्दी-बसपार्क-ढुङखानी सडकलाई राजपत्रमा प्रकासित नै गरेर शहरी सडक कायम गरियो साथै त्यस बिरुद्द परेको रिटमा सर्वोच्च अदालतले २०६९ मङ्सीर २४ गते सोही निर्णयलाई सदर गरिदियो। त्यस पस्चात तानसेन नगरपालिकाको सर्वदलिय बैठकबाट २०७० साउन १३ गते सो शहरी सडकलाई बिचबाट दाँया-बाया ४.५ मिटरमात्र चौडा गर्ने जसमा १-१ मिटरको फुट्पाथ कायम गर्ने सहमती भयो। तर अहिले स्थानिय सरकार आइसकेको अवस्थामा ति कुरालाई पुनराव्लोकन गरी नयाँ मापदन्ड अनुसार बिस्तारको थालनी हुँदैछ। आफ्नो छुटै महत्व बोकेको तानसेनको शहरी क्षेत्रमा साघुरो सडकको पिडा भने पटक पटक देखिने गरेको छ।पैदालयात्री देखी सवारीसाधन गूड्नका लागि पनि अहिले सडक प्रयाप्त देखिदैन।त्यसैले केही हदसम्म यसलाई चौडा गर्नु पर्ने आवश्यक महसुस भएको छ।

के भन्छन स्थानिय?
स्थानियवासीको माग अनुसार सरकारको राजपत्रमा अन्कित तथा सर्वदलिय निर्णय भईसकेको कुरालाई परिवर्तन गरिनु नहुने भनाइ छ।नगरपालिकाको निर्णय पस्चात चैत्र ४ गते गएको स्थानियको डेलिगेसनले तत्काल निर्णय सच्चाएर पुरानो सहमती अनुसार नै काम गर्नु पर्ने माग छ। यतीमात्र नभै उनिहरुले मेयरको जग्गा यस् क्षेत्रमा पर्ने र यो निर्णय सदर भएपछी प्रतक्ष फाइदा हुनेहुनाले आफु अनुकुल निर्णय गरेको आरोप समेत लगाएका छन। भौगोलिक बिकटताका आधारमा तानसेनलाई सम्रचना नभत्काइ टिपिकल सिटीको रुपमा निर्माण गरिनुपर्ने जोड छ।

सडक बिभागसँग समन्वय पछी निर्णय:मेयर
राजपत्रमा प्रकाशित भईसकेको भएता पनि तानसेन नगरपालिकाका मेयर असोक कुमार शाहीले भने सडक बिभाग सँग समन्वय बमोजिम यो निर्णय गरेको बताएका छन।सरकारको अधिकारीक अङले नै होलाङ्दी-बस्पार्क-ढुङखानी सडकलाई सहायक मार्गकै रुपमा राखेको र् त्यसअनुसार १५-१५ मिटर फाल्नुपर्ने भएतापनी मर्का नपर्ने हिसाबले १०-१० मिटरको निर्णय गरिएको उनको भनाइ छ।साथै उनले सम्पूर्ण स्थानिय तहको सडक मापदन्ड चैत्र भित्र तोकिनुपर्ने हुँदा यस सम्बन्धमा अध्ययन गराएर मर्का नपर्ने गरी निर्णय गरिने आश्वासन दिए। सडक बिस्तारले तानसेनको ब्यवसाहिक पाटो पनी फस्टाउने उनको भनाइ छ।

अबको बिकल्प के?
शहरी क्षेत्रबाट घर फालिने डरले स्थानियले अनेक प्रयास गरेर आजसम्म जोगाउदै आएका छन।यही कारणले सिद्दार्थ राजमार्ग बर्तुङबाट पठाइएको देखिन्छ भने पछील्लो समय होलाङ्दी-ढुङखानीलाई बिकल्पको रुपमा उठाइयो।अहिले होलाङ्दी-बसपार्क-ढुङाखानी क्षेत्रमा घर फालिनेमा अधिकान्स ब्यापारी रहेका छन।होलाङ्दी-ढुङाखानीलाई सहायक मार्ग बनाएपनी सवारीसाधन भने शहरी क्षेत्र बाटनै चल्नुपर्ने उनिहरुको माग छ।यसो गर्दा शहरी सडकमा अत्त्याधिक सवारी चाप बढ्ने देखिन्छ।शहरी सडकको रुपमा स्विकारेको होलाङ्दी-बसपार्क-ढुङाखानी सडकमा न्युन चाप हुने गरी सवारीसाधन सन्चालन गरिनुपर्ने हो।तर,त्यसमा स्थानिय सहमत भने देखिदैनन।यस हिसाबमा स्थानियले यस् सडकलाई सहायक मार्गकै रुपमा स्विकरेको मान्न सकिन्छ र यदी त्यसो हो भने नगरपालिकालाई निर्वाध रुपमा काम गर्न दिनु पर्दछ।अर्को बिकल्पको रुपमा तानसेनको शहरी क्षेत्रलाई ‘वाकिङ जोन’को रुपमा स्थापना गर्न सकिन्छ।यसो गर्दा तानसेन घुम्न आउने पर्यटकलाई खुल्ला रुपमा हिंडेर बजार क्षेत्र अवलोकन गने मौका मिल्छ।तर यसमा ब्यवस्थापनाका हिसाबले सवारी बजार क्षेत्र प्रवेश गराउन निस्चित समय तोकिनुपर्दछ।यस्तै तानसेन नगरपालिकाले आफ्नो कार्ययोजना अनुसार बनदेवीमा बसपार्क निर्माण सुरु गरेको छ।यस हिसाबले पनि यदी नयाँ बसपार्कबाट छुट्ने सवारीलाई बजार प्रवेश गराउने हो भने बाटो फराकिलो गर्नुको बिकल्प देखिदैन।यदी बजार प्रवेश नगराउने हो भने बनदेवी-होलाङ्दी बिकल्पका रुपमा आउन सक्छ तर त्यसले बजार क्षेत्रका जनतालाई सहज सवारी पहुचबाट बन्चित गर्न सक्छ।यी बिबिध कारणले गर्दा आगामी दिनमा नगरपालिकाले दिर्घकालिन सोच अनुरुप निर्णय गर्नुपर्ने देखिन्छ। -उपयुक्त शब्दावली लेखकका निजी विचार हुन् ।