पाल्पा, फागुन ३०
पाल्पामा पहिलो पटक हेमोडायलाईसिस सेवा सुरु भएको छ । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभाषमा
विश्व मृगौला दिवसको अवसर पारेर मेडिकल कलेजले सेवा प्रारम्भ गरेको हो ।

सेवा सुरु गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी मेडिकलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले मृगौलाको समस्याबाट पीडित जनताको घाउमा मलम लगाउन सेवा सुरु गरिएको जनाए । ‘अकामला मृत्युको मुखमा जान नपरोस् भनेर सेवा सुरु गरेका हौं ।

कलेजका अध्यक्ष पोखरेलले नेपाल सरकारको स्वास्थ्य बीमा प्रभावकारी नभएको गुनासो गरेका छन् । उनी भन्छन्, ‘रिफरल सेन्टर जस्तै गरि काम गर्न कीन जनतालाई सास्ती दिन सरकारीमै पहिलो उपचार गर्ने गरेको होला ? नीतिगत भष्ट्राचारका कारण नेपालमा विकासको गति अगाडी बढ्न सकेन ।

’डा. तिलचन पाण्डेले डायलाइसिस सेवा मृगौला रोगीहरुका लागि हप्तामा तीन पटकसम्म आवश्यक पर्न सक्ने बताए । उनी भन्छन्, ‘कन्भेसन डायलाइसिसमा ३ पटकसम्म सेवा दिनु आवश्यक हुनसक्छ । एउटा व्यक्तिलाई ४ देखी ६ घण्टासम्म राखेर सेवा दिनुपर्छ । अनकन्ट्रोल डायविटिजका कारण मृगौलामा समस्या पर्न सक्छ । मानिसहरुले नबुझिकन नदुख्ने औषधी खाँदा, ग्यास्टीकको औषधी धेरै सेवन गर्दा यस्तो हुन सक्छ । हामीले ब्ल सुगर, मृगौला एलुमिन वा टक्सीन बढेको छ छैन पनि हेर्छौं ।’
नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेशकुमार अर्यालले नियमित रुपमा स्वास्थ्य उपचार लिनेहरुका लागि निकै राम्रो पहल भएको बताए । उनले लुम्बिनी मेडिकल कलेजले नाफा उन्मुख भएर सेवा प्रवाह गर्नुभन्दा पनि बृहत्तर जनतालाई ध्यानमा राखेर सेवा प्रवाह गर्न आग्रह गरे । पहाडी जिल्लाहरु पाल्पासँगै गुल्मी, अर्धाखाँची, स्याङ्जा, पर्वत, बाग्लुङका बिरामीहरुलाई लक्षित गरेर सेवा सुरु गरेको मेडिकलले जनाएको छ ।