पाल्पा, फागुन २९

तानसेनको शहरी क्षेत्रभित्र होलाङ्दी-बसपार्क-जिरो-ढुङाखानी क्षेत्रका घरहरू भत्काइने भएकाे छ । सडकको केन्द्रबाट १०-१० मिटर सडक चौडा गर्न त्यस क्षेत्रमा पर्ने भौतिक संरचना भत्काइने भएको हाे।

तानसेन नगर कार्यपालिकाको फाल्गुन १५ गते बसेको बैठकले उक्त निर्णय गरी सडक बिभागलाई रेखान्कन तथा अरु प्रविधिक सहयोग गर्न अनुरोध गरेको छ।

बिगतमा पनि शहरी क्षेत्रको सडक बिस्तारमा बिरोध गरिएका कारणले गर्दा होलाङ्दी-ढुङाखानी बाइपास सडक निर्माण गरिएको थियो। उक्त सडक आहिले पनि पूर्ण रुपमा सन्चालनमा आउन सकेको छैन। उक्त बाटोलाई प्राथमिकता दिदा तानसेनको बजार क्षेत्रको ब्यापार सुकेको भनेर प्रतिकृया आउने गरेको छ। त्यस कारणले सडक बिस्तार गरेर बिकास निर्माणलाई थप अघी बढाउनेको बिकल्प नरहेको तानसेन नगरपालिकाका कार्यकारी अधिक्रित क्रितनराज पौडेलले बताए।
यस् अघी पनि तानसेन नगरपालिकामा रहेका गैर कानुनी सम्रचना भत्काउने काम को थालनी भएको भन्दै केही घरमा डोजर लगाएको थियो।