पाल्पा, फागुन २८

प्रदेशस्तरीय महिला भलिबलको उपाधि रुपन्देहीले हात पारेको छ । आठौं राष्ट्रिय खेलकुद तथा प्रदेशस्तरीय महिला भलिवल प्रतियोगिताको फाइनल खेलमा बाँकेलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुपन्देहीले महिला भलिबलको उपाधि हात पारेको हो । त्यस्तै रुपन्देहीसँग ३–० को सोझो सेटमा पराजित हुँदै बाँकेले दोस्रो स्थानमा चित्त बुझाएको छ । त्यस्तै दाङले बर्दियालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।

वुद्धिचाल प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिताको पुरुष तर्फको खेलमा तिर्थबहादुर विक बाँके प्रथम, दिनेश थापा दाङ दोश्रो, जगतलाल तुलाधर बाँके तेश्रो, धनराम ओली बाँके चोथौ र विजनमान थैव रुपन्देही पाँचौ भए । त्यस्तै महिला तर्फ अन्जु शाह पुर्व रुकुम प्रथम ,अनुपमा थापा बाँके दोश्रो र सृजना रिजाल बाँके तेश्रो गरी ८ जना खेलाडी आठौ राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन् । प्रतियोगितामा प्रदेश पाँचका १० जिल्लाका प्रशिक्षक र खेलाडी सहित ३ सय बढीको सहभागिता रहेको थियो ।

‘आठौं खेलकुद हामै प्रदेशमा पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारा सहित प्रदेशस्तरीय महिला भलिवल र बुद्धिचाल छनौट प्रतियोगिता तानसेनमा सञ्चालन भएको हो ।