दयाराज न्यौपाने
पाल्पा फागुन २७

८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पाल्पामा पाँच नम्बर प्रदेश स्तरिय खेलाडी छनोट प्रतियोगिता अन्र्तगत दोश्रो दिन सम्म महिला भलिबलको लिग चरणका खेल सम्पन भएको छ ।
आईतबार भएको पहिलो चरणको खेलमा दाङ, रुपन्देही, बर्दिया, गुल्मी, पाल्पा र बाँके क्वाटर फाइनलमा पुगेका हुन् क्वाटर फाईनलमा छ बटा जिल्ला बीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष करणा काफ्लेले जानकारी दिनु भयो । आज भएको खेलमा पाल्पाले रोल्पालाई २–१ को सोझो सेटमा हराएको थियो । त्यस्तै गुल्मी र अर्घाखाँची बीच भएको खेलमा २–०, प्युठानलाई बर्दियाले २–०, रुपन्देहीले गुल्मीलाई २–० र प्युठानलाई दाङले २–० को सोझो सेटमा हराएका थिए । उता बुद्धि चाल प्रतियोगिताको भने पहिलो चरणको कार्यक्रम चलिरहेको छ ।
अहिले ७ वटै प्रदेशमा ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तिव्ररुपमा खेलाडी छनोट भईरहेको छन् प्रतियोगितामा पदेश पाँचका ११ जिल्लाका प्रशिक्षक र खेलाडी सहित ३ सय बढीको सहभागिता रहेको छ ।
‘आठौं खेलकुद हामै प्रदेशमा पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारा सहित प्रदेशस्तरीय महिला भलिवल र बुद्धिचाल छनौट प्रतियोगिता सञ्चालन भइरहेको हो । खेल फागुन २८ गते सम्म सञ्चालन हुने छ ।