मेषः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । घमण्ड बढ्न सक्छ ।

ad

वृषः दिन अनुकूल रहनेछ । प्राप्तिका स्रोतहरु खुल्नेछन् । विद्याबुद्धि बढ्नेछ । सिर्जनात्मक काम गरिनेछ । मन रमाउनेछ ।

मिथुनः दिन उत्तम छ । बौद्धिक तथा सिर्जनात्मक काम गरिनेछ । महत्वपूर्ण उपलब्धि हासिल हुनेछ  । रमाइलो कार्यव्रmममा उपस्थित भइनेछ ।

कर्कटः दिन सार्थक छ । धर्मकर्ममा  मन जानेछ । दानपुण्यले मनमा शान्ति प्राप्त हुनेछ । शरीर तन्दुरुस्त रहनेछ । सहयोग पाइनेछ ।

सिंहः दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । खर्चको मात्रा बढ्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।

कन्याः दिन अत्युत्तम छ । कामप्रति जोश जाँगर बढ्नेछ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ  मनोरञ्जन गरिनेछ ।

तुलाः दिन अनुकूल छ । शत्रु परास्त हुनेछन् । शरीर सबल रहनेछ । ठूलो याजनाको काम हात लाग्नेछ । मन रमाउनेछ ।

वृश्चिकः दिन उचित खालको छ । मनमा चिन्ता कम हुनेछ । निर्णय क्षमताको विकास हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

धनुः दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । गलत सङ्केतको प्रभाव पर्नसक्छ । सावधानी अपनाउनु पर्नेछ । खर्चमा वृद्धि हुनेछ ।

मकरः दिन उत्तम छ । आटेको काम बन्नेछ । बौद्धिक तथा रचनात्मक काम गरिनेछ । यश, कीर्ति मिल्नेछ । सामाजिक दायित्व बढ्नेछ ।

कुम्भः दिन उत्तम छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर स्वस्थ रहनेछ ।

मीनः दिन भाग्यवर्धक छ । मनोबल उच्च रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । कार्य सम्पादनमा गति थपिनेछ ।