२२ फागुन, विराटनगर । सर्वोच्चले सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उपसचिव प्रेम सञ्जेल श्रम कार्यालय विराटनगरमा हाजिर भएका छन् ।

कार्यालय गएको पहिलो दिन नै उनले कार्यालयमै बैंक काउन्टर खोल्न लगाएका छन् । दस्तुर र बीमा शुल्क बुझाउन सानिमा बैंकको काउण्टर खोल्न लगाएका हुन् ।

सेवाग्राहीले विचौलियामार्फत अनलाइन फारम भरेको ४००, बीमाको ३०० र बैंकसम्म पुगेको ३०० गरी एक हजार तिर्दै आएका थिए । तर, बैंक काउन्टर खोलेपछि ३ सय रुपैयाँमा काम हुने भएको छ । ‘दस्तुर बुझाउन तीनवटा बैंकमा कार्यालयको खाता छ’ सञ्जेलले भने, ‘बैंकमा पैसा बुझाउन मात्र ३०० सय रुपैयाँ लिएपछि सानिमा बैंकलाई काउण्टर खोल्न लगाएको छु ।’

सञ्जेल काउण्टर खोल्न आग्रह गर्दै बुधबार पाइम बैंक पुगेका थिए । तर, प्राइमले तत्काल खोल्न नसक्ने जवाफ दिएपछि सानिमा बैंकलाई काउन्टर खोल्न लगाइएको छ । ‘एउटा कम्युटर राखेर तत्काल काउण्टर खोल्न भनेको छु’ सञ्जेल भन्छन, ‘दुस्तुर बुझ्न कार्यालयको एउटा झ्यालमा बैंकको काउण्टर राख्न दिन्छौं ।’

बैंकले तीन दिनभित्र काउण्टर खोल्नेछ । ‘काउण्टर खुलेपछि सेवाग्राहीको आधा समस्या हट्छ’ सञ्जेल भन्छन्, ‘बाहिर अनलाइन फारम भरेको ४०० लिँदा रहेछन्, त्यो पनि व्यवहारिक छैा ।’ सटर खोलेर फारम भर्नेहरुको काम हेरेर न्यूनतम शुल्क निर्धारण गर्ने सञ्जलले बताए । कार्यालयमै बैंकको काउण्टर खुल्दा बिमा पनि हुने भएकाले सेवाग्राहीले विचौलियालाई पैसा तिर्नुपर्दैन ।

बिचौलियालाई नो इन्ट्री

उपसचिव सञ्जेलले श्रम कायालय विराटनगरमा हाजिर भएकै दिनदेखि विचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । गत असोज ११ गते श्रम कार्यालयको प्रमुखको रुपमा हाजिर भएका सञ्जेलको ७० दिनमै सरुवा भएको थियो ।

सरुवाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिए, जसमा सरुवा कार्यन्यन नगर्न अन्तरिम आदेश पाएपछि कार्यालय हाजिर भएका उपसचिव सञ्जेलले भने ‘धेरै कुुरा सेवाग्राहीले आफैं गर्छन्, हाम्रो कार्यालयमा बिचौलियाको काम छैन् ।’

बाहिर काम गर्ने भन्दै कर्मचारीलाई देखाएर घुस लिए अख्तियारको जिम्मा लगाउने सञ्जेलले बताए ।

सञ्जेलले कामको प्राथमिकता पनि तोकेका छन् । सर्वसाधरणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे/नगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुषखोरी र अतिरिक्त शुल्क लिने रोक्ने बताए ।