Sunday , September 20 2020

हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा पर्‍यो, Update प्रधानमन्त्रीले बोलाए आकिस्मिक बैठक

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्।

एयर डाइनेस्टीको सो हेलिकप्टरमा चालकसहित सात जना भएको सो हेलिकप्टर कम्पनीका प्रबन्धक बालकृष्ण पण्डितले बताए।

मन्त्री अधिकारीलाई लिएर सो हेलिकप्टर काठमाण्डूबाट बुधवार एउटा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न ताप्लेजुङ गएको बताइएको छ।

त्यहाँबाट हेलिकप्टर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरतिर गएको थियो।

हेलिकप्टर दुर्घटना पाथीभरानजिकै भएको स्थानीयवासीहरूले बताएका छन्।

त्रिभुवन विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बीबीसी नेपालीलाई भने, “मन्त्री अधिकारी चढेर जानुभएको हेलिकप्टर दुर्घटनामा परेको सूचना आएको छ। तर उहाँ सो हेलिकप्टरमा हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो त्यो स्पष्ट छैन।”

ठूलो आवाज आएको र आगो लागेको सूचना स्थानीय बासिन्दाहरूबाट पाएको प्रहरीले बताएको छ।

क्षेत्रीका अनुसार उद्धारका लागि एउटा टोली हेलिकप्टरमा घटानास्थलतिर पठाइएको छ।

मौसमका कारण सो हेलिकप्टर अवतरण गर्न नसकेको र आकाशमा घुमिरहेको देखिएको फुङलिङ नगरपालिका सिस्ने फुर्मुस्थित एक विद्यालयका प्रधानाध्यापक महेश निरौलाले बीबीसी नेपालीलाई बताए। BBC News

Check Also

माथागढीमा ५ वेडको आइसोलेसन अस्पताल निर्माण हुँदै …

गजेन्द्र पन्थी माथागढी, असाेज १ माथागढी गाउँपालिकामा आइसोलेसन अस्पताल निर्माण हुने भएको छ । संघीय …

error: Content is protected !!