प्रदेश ५ को नाम लुम्बिनी राजधानी बुटवल ! Video

0

पाल्पा, फागुन १३
प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी बुटवलमै राख्न पाल्पालीले सुझाव दिएका छन् । उच्च स्तरीय संसदीय समितिले तानसेनमा गरेको राय सुझाव संकलनका सहभागीहरुले साँस्कृतिक पहिचान सहितको नाम र रुपन्देही जिल्लामै राजधानी राख्न सुझाव दिएका हुन् ।
लुम्बिनी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रख्यात भएको र शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल भएको लुम्बिनी नै राख्नुपर्ने सुझाव व्यक्त गरिएको हो । बुद्धको जन्म स्थल, शान्ती भुमी, अग्रेजलाई नेपालले हराएको एतिहासिक किल्ला जितगढी किल्ला, चिन र भारत जोड्ने कालीगण्डकी करिडोरको पहँुच, पहाडी जिल्लाका बासिन्दाको लागि पायक पर्ने, अन्र्तराष्ट्रिय हवाई मैदान, नेपालकै प्रमुख व्यापारीक केन्द्र, शैक्षिक हवलाई देखाएर पाल्पालीले लुम्बिनी नामाकरण गर्नुपर्ने बताएका छन् । उनीहरुले ऐतिहासिक संरचना, केन्द्रिय राजधानीको लागि नजिक, ठूला ठूला पूर्वाधार, औधोगिक क्षेत्र भएकोले प्रदेश ५ को स्थायी राजधानी बुटवलमै बनाउनु पर्नेमा सहभागीहरुले जोड दिए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले लुम्बिनी विश्वमै चर्चित भएको बताउँदै यसको नाममा दुविधा हुन नहुने बताए । उनले अस्थायी केन्द्र बुटवलमै स्थायी केन्द्र तोक्नुपर्ने बताए । जिल्लाका नेकपाका नेता धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसका सचिव झपेन्द्र गहिले, राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य डुलबहादुर कुवँरले पनि सोही कुरा बताए । शिक्षाविद बुद्धिप्रसाद शर्मा, पण्डित होमनाथ न्यौपाने, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेल, नागरिक समाजका अध्यक्ष बासुदेव अर्याल, पाल्पा अडिटर संघका अध्यक्ष तेजनारायण ढकाल, जिल्लाका स्थानीय तहका प्रमुखहरुले प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी बुटवल बनाउन सुझाव दिए । पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्याल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, पूर्व सांसद यादवबहादुर रायमाझीले नाम लुम्विनी राखेपनि प्रदेशको केन्द्र भने अहिले नै यो र त्यो भन्नु भन्दा पनि बैज्ञानिक हिसावले सबैले अपनत्व हुने गरि तोकिनुपर्ने बताए । तर आदिवासी जनजाती महासंघ पाल्पाका अध्यक्ष केयर सिंह रानाले नाम मगरात राख्न सुझाव दिए । उनले प्रदेशको केन्द्र दाङ बनाउनु पर्ने सुझाव दिए ।
विशेष समितिका संयोजक दिपेश कुमार पुनल प्रदेशको नामाकरण भन्दा स्थायी राजधानी पेचिलो विषयबस्तु भएको बताए । उनले प्रदेश ५ का १२ वटै जिल्लाबाट आएको सुझावको आधार, विषय विशेषज्ञ, ऐतिहासिक, भौगोलिक, वातावरणीय हिसावले उपयुक्त स्थान छनौट गरिने बताए । सुझाव संकलनमा विशेष समितिका सदस्य प्रदेश सभासद भुवनेश्वर चौधरी, सहश्रराम यादव र बाबुराम गौतम लगायतले सहजीकरण गरेका थिए । सांसद सचिवालयले पाल्पाबाट ८७ जनाको प्रस्तावना फारम मार्फत् अभिमत संकलन गरेको छ ।