पाल्पा, फागुन १०
वगनाशकाली गाउँपालिकाले कृषिमा व्यवसायिककरणलाई व्यवहारमा उतारेको छ । गाउँपालिकाले कृषि, क्षेत्रको व्यवसायिकरण, यान्त्रिकरण, बिउबिजन, प्राविधिक सहयोग, अनुदान मार्फत् किसानलाई प्रोत्साहन गर्दै आईरहेको हो ।
स्थानीय तह बनेर स्थानीय सरकार आएपछि किसानको दैनिकी फेरिएको छ । कृषिलाई मुख्य प्रथमिकतामा राखेर जिल्लाका अधिकांश स्थानीय तहले बजेट कार्यान्वयन गर्दैछन् । वगनासकाली गाउँपालिका–८ बराङ्दीकी लुमकला घिमिरेले कुरीलो खेती गर्छिन् । उनको अहिले दैनिकी फेरिएको छ । अहिले उनलाई घरको काम भन्दा किसानहरुलाई व्यवसायीक कुरीलो खेती कसरी गर्ने भनेर सिकाउँदैमा दिन बित्ने गरेको छ । घिमिरेले गाउँका महिलाहरुलाई व्यवसायीक बनाएर आर्थीक उपार्जनको बाटोमा डो¥याउने बताउँछिन् । उनलाई गाउँपालिकाले विभिन्न तालिम तथा कार्यक्रम मार्फत् कृषि स्रोत व्यक्तिका रुपमा काम गराउँदै आएको छ । उनी कुरीलो खेतीको स्रोत व्यक्तिका रुपमा स्थापित बनेकी छन् ।
बगनाशकाली गाउँपालिका–३, नायरनमतलेसका कृषक दिलबहादुर गाहा व्यवसायीक रुपमा च्याउ खेती गर्दै आएका छन् । एक वर्षदेखि व्यवसायीक च्याउ खेतीबाट वार्षिक रुपमा १० लाख रुपैया आम्दानी गर्न सफल भएको गाहाले बताए । गाउँपालिकाबाट कृषि व्यवसायका लागी आर्थिक र प्राविधिक सहयोग गरेका कारण आफु व्यवसायीक बन्न सफल भएको उनले बताए ।
वगनाशकाली गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष जिसीले गाउँपालिका मार्फत् किसानको घरदैलोमै पुगेर सेवा दिँदा कृषिमा व्यवसायिकरण भएको बताए । उनी भन्छन्, ‘धेरै विधाको पकेट प्याकेज क्षेत्रका रुपमा विकास भएको छ । गाउँपालिकाले वजेटको व्यवस्थापन गरिदिएको छ । हामी प्राविधिक सेवा प्रवाह गरेका छौं । किसानहरु कार्ययोजना बनाइ व्यवसायिकता तर्फ उन्मुख भएका छन् ।’ ‘तरकारी (मौसमी तथा बेमौसमी) सुन्तला जात फलफूल, माछा, तरभुजा, सूर्यमुखी, तोरी, मकै, कुरीलो, अदुवा, को पकेट क्षेत्र बनेका छन् । एक वस्ती एक उत्पादनका कार्यलाई गाउँपालिकाले कार्यान्वयन गर्दै कृषिमा आधुनीकरण, यान्त्रिकरण र सिंचाइको व्यवस्थापनलाई जोड दिएको छ, जिसीले भने, ‘किसानले उत्पादन गरेको तरकारी सिधै बजारमा पुगोस् भन्ने हो । त्यसका लागि गाउँपालिकाले कृषकलाई प्राविधिक सहयोग र प्रोत्साहन गरिरहेको छ ।’
वगनाशकाली गाउँपालिका दर्लमडाँडाका सुरज गैरेले व्यवसायीक कृषिबाट वार्षिक रुपमा १० लाख रुपैया घरैमा बसेर आम्दानी गर्न सफल भएको छन् । उनी भन्छन्, ‘विदेश जानुभन्दा स्वदेशमै राम्रो आम्दानी लिन सकिँदो रहेछ । हाम्रो गाउँको सरकारले कृषिलाई सहयोग गरेको कारण म सफल भएको छु ।’
वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले आर्थीक सम्वृद्धिको आधार कृषिलाई लिएर गाउँपालिकाले काम गरिरहेको बताए । उनी भन्छन्, ‘गाउँमै केही गर्छु भन्ने युवाहरु जो स्नातक तह पूरा गरेका छन् उनीहरुलाई सोही प्रमाणपत्र धितो राखेर विना व्याजमा कर्जा प्रवाह गरि युवा जनशक्तिलाई कृषिमा आकर्षित गरिएको छ ।’
वगनाशकालीले कृषिका लागी ६० लाख रुपैया विनियोजन गरि गाउँपालिकाले व्यवसायीक कृषिका लागी यान्त्रिकरण र आधुनीकरणमा जोड दिएको छ । कृषि उपजको बजारमा विचौलियाको प्रवृत्ति अन्त्यका लागी कृषकले उत्पादन गरेको ५ क्विन्टल भन्दा माथी कृषि उपज बजारमा पु¥याउदा हुने ढुँवानी खर्च गाउँपालिकाले बेहोर्ने निती यस आर्थीक वर्षबाट थालनी गरि कार्यान्वयन गरेपछि कृषकहरुमा थप हौसला र उर्जा प्राप्त भएको अध्यक्ष बस्याल बताउँछन् । एक वर्ष यता गाउँपालिकामा कृषि उपज विक्रीबाट ५ करोड भन्दा बढी रुपैया भित्रने गरेको उनले बताए । कृषि व्यवसायबाट कृषकलाई उद्यमी बनाउदै एक घर एक उद्यमी र स्वरोजगार बनाउने गाउँपालिकाको उद्देश्य रहेको उनले बताए ।
तस्वीरः १. बगनासकालि गाउँपालिका–६, यम्घाको व्यवसायिक नव युग कृषि फर्म ।