सूचना पर्बिधिको महा कुम्भ-मेलाको पर्याय बन्न सफल क्यान इन्फोटेक २०१९मा द्रिष्टिबिहीनका लागि पनि बिषेष स्टलको व्यवस्था गरिएकोथियो। । यही मिती २०७५- माघ १५ देखि २० सम्म काठमाण्डौंको भृकुटि मण्डवमा आयोजना भएको सुबिसु क्यान इन्फोटेकमा ब्राइट स्टार सोसाईटिले स्थापना गरेको (T91) नंबर को स्टलमा दृष्टिविहीनहरूले प्रयोग गर्ने विभिन्न किसिमका नविन्तम सूचना-प्रविधिको पर्दर्षन गरिएकोथियो।
आगन्तुकहरूले यस स्टलबाट आँखा नदेख्नेहरूले कसरी कम्प्युटर चलाउँछन्, कसरी मोबाईल फोनको प्रयोग गर्छन भन्ने कुराको जानकारी पाउनुका साथै अन्न्य नविन्तम कुराहरू पनि प्रतक्ष अवलोकन गर्ने अवशर पाएका थिए।
बोल्ने थर्मो-मिटर, बोल्ने रक्तचाप नाप्ने यन्त्र, बोल्ने डिजिटल नक्सा, अमेजन एलेक्सा स्पिकर जस्ता अत्याधुनिक उपकरणहरूले स्टल आँखा देख्ने र नदेख्ने दुवैको लागि चाख लाग्दो बनेको थियो । स्टलमा सयौँ आगन्तुकहरूले अवलोकन भर्मण गर्दै नयाँ प्रविधि तथा उपकरण हरू को बारेमा जानकारी प्राप्त गरेका थिए।