Tuesday , September 22 2020
शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ गाेष्ठिमा मन्तव्य राख्दै

स्थानीय तहमा शिक्षाका लागि ७० अर्बः शिक्षा सचिव श्रेष्ठ

पाल्पा, चैत १९
आर्थिक वर्ष २०७४÷७५ को बजेट स्थानीय तहका लागि ७० अर्ब जाने गरि बजेट निर्माणको क्रममा रहेको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बताएका छन् ।
नेपालमा वर्तमान शिक्षामा समयसापेक्ष परिवर्तन गरि नवप्रवर्तनमुखी सीपमूलक प्राविधिक शिक्षा आजको आवश्यकता हो, श्रेष्ठले भने । ‘शिक्षामा नकारात्मक कुरा मौलाएको छ । स्रोतको अभावमा शिक्षालाई अन्तराष्ट्रियकरण गर्न नसकिएको यथार्थतालाई ध्यान दिएर अधिकतम स्रोत स्थानीय तहबाटै खर्च गर्ने गरि व्यवस्थाको तयारीमा मन्त्रालय छ,’–सचिव श्रेष्ठले भने ।

शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ गाेष्ठिमा मन्तव्य राख्दै

शनिबारदेखी तानसेनमा सुरु भएको दिगो विकास लक्ष्यहरु विषयक क्षेत्रीय गोष्ठीमा बोल्दै सचिव श्रेष्ठले स्रोत र नीतिको फरकका कारण सामुदायिक शिक्षा सफल नभएको बताए । उनी भन्छन्, ‘विद्यालय व्यवस्थापन समितिमा गुणस्तरलाई छाडेर, राजनीतिक भागबण्डा हुन्छ । अन्तराष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्ने वातावरण बनाउन समुदाय लाग्नुपर्ने हो । अहिलेको विकास आवश्यकता र परिवेशमा आधारित भन्दा पहुँचले प्रभाव पारेको छ ।’ शिक्षा ऐन र नियमावलीका कारण स्थानीय तहमा माध्यमिक शिक्षालाई पु¥याउने कुरा प्रसव वेदनाका रुपमा रहेको छ, शिक्षा सचिव श्रेष्ठले भने ।
अर्थमन्त्रालयका सहसचिव हरिप्रसाद बस्यालले दिगो विकासकालागि शिक्षा अपरिहार्य आवश्यकता भएको बताए । उनी भन्छन्, ‘शिक्षा विना सबै कार्य अधुरा हुन्छन् । राजनीतिक परिवर्तनका लागि परि शिक्षा आवश्यक छ । १७ वटा विकास लक्ष्यमा सबैभन्दा महत्वपूर्ण सबैका लागि शिक्षा रहेको छ ।’ कार्यक्रम युनेस्कोको सहयोगमा सञ्चालन भएको हो ।
कार्यक्रमका सहभागीहरुले संघीयताबाट पछि हट्न गाह्रो हुने भएकोले स्थानीय तहले नै शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योगको विकासमा लाग्नुपर्ने बताएका छन् । पाल्पाली संगमले आयोजना गरेको कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।

Check Also

खुले त्रिवि अन्तर्गतका क्याम्पसहरु

काठमाडौं , साउन ७ त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वीकृती प्राप्त क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । …

Leave a Reply

error: Content is protected !!