पाल्पा : दोस्रो रामपुर महोत्सवको आकर्षणका रुपमा रहेको अन्र्तराष्ट्रियस्तरको ईण्डो नेपाल आमन्त्रण खुल्ला पुरुष भलिवल प्रतियोगिता रामपुरमा चलिरहेको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको खेल शनिवार सम्पन्न भएको छ । समुह ए को एक खेल र समुह वि को एक खेल आज सम्पन्न भएसंगै लिग चरणका खेल सकिएको हो ।

प्रतियोगिताको सेमिफाईनल समुह ए बाट त्रिभुवन आर्मी क्लव र मणिमुकुन्द भलिबल क्लव रुपन्देही, समुह वि बाट चापाकोट नगरपालिका र इण्डिया रेलवेज प्रवेश गरेको छ । शनिवारको पहिलो खेलमा ३÷१ सेट सहित मणिमुकुन्द भलिबल क्लवले जिल्ला भलिबल संघ तनहुँलाई पराजित गरेको थियो । खेलमा पराजित भएसंगै जिल्ला भलिबल संघ लिग चरणबाट बाहिरिएको छ । खेलको पहिलो, तेस्रो र चौथो सेट मणिमुकुन्द भलिबल क्लवले २५÷२२, २५÷१७ र २५÷१६ अंकले हात पारेको थियो । जिल्ला भलिबल संघ तनहुँले दोस्रो सेट २५÷२३ अंकसहित हात पारेको थियो ।

समुह वि को लिग चरणको खेलमा इण्डिया रेलवेजलाई चापाकोट नगरपालिकाले सोझो सेटमा पराजित गरेको थियो । खेलको पहिलो सेटमा २५÷८, दोस्रो सेटमा २५÷१७ र तेस्रो सेटमा २५÷२१ अंकले पराजित गरेको थियो । यससंगै दुवै समुह सेमिफाईनलमा प्रवेश गरेको छ । यस अघिको खेलमा इण्डिया रेलवेजले जिल्ला भलिबल संघ पाल्पालाई पराजित गरेको थियो । सेमिफाईनलको दुवै खेल आइतवार हुनेछ । पहिलो खेल त्रिभुवन आर्मी क्लव र इण्डिया रेलवेज र दोस्रो खेल चापाकोट नगरपालिका र मणिमुकुन्द भलिबल क्लव रुपन्देही विच हुनेछ । समुह वि अन्तर्गत एक खेल विहिबार नै भैसकेको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहले क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।