पाल्पा, माघ ५
हे हे जाँदा खेरी आकाशैमा आउँदै बाकसैमा
लाउनखोज्दा सीन्दूरको भाँडो खस्यो भुईँमा
यतातिर भाँडो खस्ने उता परान जाने
विरानो त्यो मुलुकमा कस्ले देला पानी । परदेशीको हुँदैन भर… फर्कने आश मात्रै ।।।
पाल्पाको रामपुरमा जारी दोस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७५ मा प्रकाश सपुतले दर्शकसँगै आफु पनि रोएका छन् । प्रकाशको आगमनसँगै रमाईलो माहोल अचानक सुनसान बन्छ । कसैले क्यामेरा त कसैले मोबाईल उठाएर मञ्चतर्फ तेर्साउँछन् । मलिन स्वरमा प्रकाश सपुत यसरी गुञ्जाउन पुग्छन्,…
धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा
कस्तो भै गयौ कस्तो भै आयौ फर्केर बाकसमा…
‘‘बोलमाया एक वचन बोल’’ गीतबाट चर्चा कमाएका गायक प्रकाश सपुतको प्रस्तुतिमा दर्शक घरी झुमेका थिए त घरी भावुक बनेका थिए । परदेशीनु पर्ने नेपालीको बाध्यता छ्दैछ तर बिदेशमा गएर आउने हो कि होइन पत्तो हुदैन भन्दै भावुक शब्द राख्दै भावुक गीतबाट प्रस्तुति सुरुवात गरेका सपुतले बोलमाया गीत गाउँदा धेरैका आँखा रसाएका थिए ।
हाउभाउ सहितको सपुतको प्रस्तुतिका क्रममा धेरै दिदीबहिनी धरधरी रोएका देखिन्थ्ये । सपुत आँफै पीडित बन्दै मञ्चमा नै पलेटी कसेर बसी गीत गाए । कसैले सँगै गीत गाए कोही बोल्ने नसकेर घोप्टो मुन्टो लगाएर पनि बसे । सपुतले पन्चेवाजाको गीत माकुर माकुर घुर, दोहोरी ब्याटल, चरर, बरर, धरर लगायतका आधा दर्जन गीत गाएका थिए, प्रकाश ।