माघ १, पाल्पा
अपाङ्गता भएका व्यक्तिहरुलाई दक्ष्य कार्यालय व्यवस्थापक बनाउने लक्ष्यका साथ एविलिज फाउण्डेशन, फिनल्याण्डको आर्थिक सहयोग तथा सिर्जनशील अपाङ्ग स्वाबलम्वन केन्द्र, तानसेन पाल्पाको आयोजनामा सञ्चालित ७ दिने कार्यालय व्यवस्थापन तालिमको समापन कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।
सिर्जनशील अपाङ्ग स्वाबलम्वन केन्द्रका अध्यक्ष सन्दिप भट्टराईको अध्यक्षता तथा प्रदेश नं ५ का सभासद् डा.पुरनमान बज्राचार्यको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन सचिव सम्राट के.सीले गर्नुभएको थियो । उक्त कार्यक्रम प्रमुख अतिथिले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभएको थियो भने कार्यक्रममा उपस्थित सम्पुर्णलाई गितको माध्यमबाट लिलाराज ताम्राकार तथा मन्तव्यको माध्यमबाट कोषाध्यक्ष राधिका पोख्रेलले स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी डा. पुरनमान बज्राचार्यले आफ्नो प्रदेशमा रहेको यस अपाङ्ग संस्थाले भविष्यका दिनहरुमा अझ उत्कृष्ट काम गरी देखाउने अपेक्षा गरेको तथा यस संस्थाको काममा आफुले गर्न सक्ने सम्पुर्ण सहयोग उपलब्ध गराउन आफु तत्पर रहेको बताउनुभएको थियो ।
कार्यक्रममा अन्य अतिथीको रुपमा तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली, र गाउले देउराली पत्रिकाका प्रमुख सम्पादक गोविन्द भट्टराईले आफ्नो मन्तव्य राख्नु भएको थियो । साथै प्रशिक्षार्थीको तर्फबाट मोहन थापाले तालिममा सिकेको कुराहरु संक्षिप्त रुपमा उल्लेख गर्नुभएको भएको थियो । तानसेन बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीको संयोजकत्वमा सञ्चालित उक्त सात दिने कार्यालय व्यवस्थापन तालिममा पत्रकार मुक्ति प्रसाद न्यौपाने, राधेश्याम ज्ञवाली,यादव बस्याल र गोविन्द भट्टराईले सहजिकरण गर्नुभएको थियो ।