यसकारण दृष्टिबिहिनहरु एकलकाटे हुन्छन

टिकाराम घिमिरे
रुपन्देही ।  के तपाइँले दृश्टिविहिन मान्छे देख्नुभएको छ ? कहिलेकाहीँ बाटोमा सेतो छडी लिएर हिँडेको देख्नु भएको छ होला । कहिलेकाहीँ त तपाइँसंग सहयोग पनि मागेका होलान् । नभए, बाटोमा गीत गाउँदै हिँडेको त पक्कै पनि देख्नुभएको छ ।
कतिपय त विश्व विद्यालयका प्राध्यापक पनि बनेका छन् नेपालमा । हो, आज तिनै दृश्टिविहिनहरूको चर्चा गरौँ । तिनीहरू कस्तो वातावरणमा बस्न रुचाउँछन् होला ?  उनीहरू आफ्नो जीवनका बारेमा के सोँच्छन् होला ? परिवारप्रति उनीहरूको दृश्टिकोण कस्तो हुन्छ होला रु आउनुहस् जानौँ ।
मेरा एक जना साथी छन् । परिवारसंग खासै बस्न रुचाउँदैनन् । उनी प्राय आफूजस्तै साथीहरूसंग बस्छन् । चाडपर्वमा पनि घर जान खोज्दैनन् । उनलाई मैले एक दिन सोधेँ “तिमीलाई घरको याद आऊँदैनर?” उनको जवाफ बडो गजबको थियो। “सानै देखी बाहिर बसियो। बाबु आमा दिदी बहिनीको माया कस्तो हुन्छ, बुझ्न नै पाईएन ।“ अहिले स्नातक पढ्दै गरेका मेरा यी साथीको जवाफमा गहिरो अर्थ लुकेको छ । म तपाइँलाई बताउँछू।
उनी सानैबाट आफूजस्तै पढ्ने स्कुलमा बसे । वर्षमा एक- दुई पटक मात्रै घरमा गए । विद्यालय जीवनमा करिव दस वर्षमा मुस्किलले पन्ध्र महिना मात्र घर बसेका ती साथीलाई घरको याद आउने कुरै भएन । उच्च शिक्षाका लागी पनि उनी घरमै बसेनन् । त्यसले अझ उनको परिवारसंगको दुरी बढायो ।
मेरा अर्का एक जना साथी छन् । जो घरमै बसेर बि।ए पहिलो वर्ष पढ्दै छन् । उनी घरमा बसेर पढ्न थालेको तीन वर्ष भयो । उनी प्राय घरमा आउने मान्छेहरूसंग बोल्न रुचाउँदैनन् । उनी कोठामा बस्छन् । रेडियो सुन्छन्, तर घरका संग खासै राम्रोसंग बोल्न रुचाउँदैनन् । उनकी आमासंग एकदिन मैले सोधेँ “तपाइँको छोरा तपाइँसंग कत्तीको कुरा गर्नुहुन्छ ?” आमाको जवाफ बडो मार्मिक थियो। “खाना खाने बेलामा मात्रै ।“ यो जवाफले म झस्किएँ । एउटा दृश्टिविहिन छोरा खाना खाने बेलामा मात्रै बोल्छ । यो घटनाले दृश्टिविहिनहरू एकलकाटे हुन्छन् भनेर भन्न मिल्दैन र ?
अरु केही यस्ता घटना सुनाउँछू कि तपाइँ अचम्ममा पर्नुहुनेछ, 
आत्मविश्वाँसी हुन्छन् दृश्टिविहिन : दृश्टिविहिनहरू आत्म विश्वाँसी हुन्छन्। उनीहरूको विश्वाँस यति धेरै हुन्छ कि अरुलाई भन्दा आफूलाई नै धेरै विश्वाँस गर्छन् । केही घटनाहरू सुनाउँछू । एक पटक दृश्टिविहिन ससाथीहरूलाई धरान पुगेर पत्रकारिता तालिम दिने अवसर मिल्यो  । त्यही बेलामा मैले साथीहरूलाई सोधेँ “तपाइँलाई आफ्नो जिन्दगीसंग धेरै विश्वाँस लाग्छ कि अरुको विश्वाँस ?” तालिममा सहभागी चौँध जना दृश्टिविहिनहरू मध्ये दस जनाले आफूजस्तै साथीको विश्वाँस लाग्ने बताए ।
आफूजस्तै जीवनसाथी रोज्छन् दृश्टिविहिनहरू : दृश्टिविहिनहरू जीवनसाथीका मामिलामा पनि आफूजस्तै रोज्न मन पराउँछन् । उनीहरूको बूझाई हुन्छ कि आफ्नो जीवनसाथी पनि आफुजस्तै भएको खण्डमा आफूलाई बुज्छ । जिन्दगी चलाउन सजिलो हुन्छ भन्ने ठान्छन् । कतिपयका विचारमा आफूभन्दा केही सक्षम जिवनसाथी हुनुपर्छ भन्ने पनि छ। दुई जना मध्य एक जनाले अली धेरै देख्ने हो भने जीवन चलाउन सजिलो हुन्छ भन्ने उनीहरूको बुझाई छ ।
अध्ययनशील हुन्छन् दृश्टिविहिन :  दृश्टिविहिनहरू निकै अध्ययनशील हुन्छन् । आफूसंग भएको स्रोतको भरपुर उपयोग गर्छन् । नया कुरा सुन्न रुचाउँछन् । विशेषत कथा, उपन्यास दृश्टिविहिनहरूले अधिक पढ्न मन पराउँछन् ।
आफूमा भएको क्षमता पहिचान गर्न सक्छन् दृश्टिविहिन : हामी धेरैलाई आफ्नो रुची पत्ता लगाउन निकै अप्ठ्यारो पर्छ । कतिपय अवस्थामा हामी लाजले पनि आफ्नो क्षमता देखाउँदैनौँ । तर दृश्टिविहिनहरू आफ्नो क्षमता देखाउन पछाडी पर्दैनन् ।
प्रशंसाले उत्सित हुन्छन् दृश्टिविहिनहरू : अधिकांश दृश्टिविहिनहरू तिमी कमजोर छौ भनेको रुचाउँदैनन् । म कमजोर छू भन्ने कहिल्यै पनि ठान्दैनन्। उनीहरू जहिले पनि साथ सहयोग र हौसला अरुले दिउन् भन्ने ठान्छन् ।
दृश्टिविहिनहरूसंग सङ्गत गरेर, केही आफूले देखेर, केही आफूले भोगेर, आज तपाइँलाई दृश्टिविहिनहरूका मनोबृत्तीका बारेमा जानकारी गराएँ । उनीहरूलाई प्रेम, स्दभाव, हौसला, सधै चाहिन्छ। उनीहरूलाई कहिल्यै पनि दयाको पात्र नबनाऔँ। उत्साहीत बनाऔँ   केही सकारात्मक परिवर्तनका लागी । सरकारले पनि दृश्टिविहिनहरूलाई शिक्षा लिनका लागी घर छोडेर बाहिर बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने देखिन्छ । हरेक दृश्टिविहिनहरूले घर नजिकैको विद्यालयमा अध्ययन गर्न पाउनुपर्छ ।
सबैको जय होस् ।
लेखक लामो समयदेखि अपांगताको क्षेत्रमा पत्रकारिता गर्दै आएका ब्यात्ति हुन ।
फेसबुक :
https://www.facebook.com/tikaram.ghimire.1257
Twitter :
https://twitter.com/_tikaram?s=07&fbclid=IwAR36ublj2cQo2JUkJaoEPwnyXPrP_CVRwFa9WiJLwdkvddIGNZw_hO8y2uc

SOURCEbulletin nepal
SHARE