रिब्दीकोट गाउँपालिकाको गाउँसभा सुरु

रिब्दीकोट गाउपालिकाको चौथो गाउँसभा सुरू भएको छ । गाउसभाको उद्घाटन प्रतिनिधिसभाका सांसद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले गरे । उनले विकास र समृद्धिको नारा पुरा गर्ने समय भएकोले सत्ता पक्ष र प्रतिपक्षले सहयोग गर्नुपर्ने बताए । उनले लामो संघर्षपछि सिहदरबारको अधिकार गाउ गाउमा आएकोले त्यसको सही रुपमा परिचालन गर्नुपर्ने बताए । उनले स्थानीय सरकारले स्थानीय जनताले चाहे जस्तो सेवाप्रवाह गरि घर घरमा सिंहदरवार आएको अनुभति गराउनुपर्नेमा जोड दिए ।

सांसद पाण्डेयले गाउकोे विकास नभएसम्म देशको विकास नहुने बताए । यो गाउ“पालिकामा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेकोले कृषि क्षेत्रमा थप मेहनतको खांचो रहेको उनले बताए । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा अझै पनि समस्या रहेकोले योजना निर्माण गरी समाधानमा सहयोग गर्न आफू तयार रहेको उनले बताए ।

कार्यक्रममा गाउपालिका अध्यक्ष नारायण बहादुर जीसीले ठुला कार्यक्रम भन्दा साना साना कार्यक्रम गरी गरिवी हटाउने खालका कार्यक्रम अघि बढाएको बताए । एकल महिलाका लागि सीप सिकाउने, आरन सुधार कार्यक्रम, मैन बत्ती बनाउने, परालको जुत्ता बनाउने लगायतका कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरका स्रोतको परिचालन गरी रोजगारी सिर्जना गर्न लागेको उनले बताए । उनले आयआर्जनका कार्यक्रमहरुलाई टेवा पु¥याई समृद्ध रिब्दीकोटको अभियानमा लागिएको जानकारी समेत गराए ।

कार्यक्रममा नेकपाका रिब्दीकोट गाउपालिका अध्यक्ष चिरन्जीवी पोखरलले नेपाल सरकारको स्वामित्वमा रहेको नेपाली सेना र प्रहरीसग सहकार्य गरी काम गर्नु राम्रो काम भएको बताए । नेपाली कांग्रेस गाउपालिका अध्यक्ष रामचन्द्र पाण्डेयले राम्रा नीति तथा कार्यक्रममा ल्याएको अवस्थामा स्थानीय तहका हातेमालो गरी अघि बढ्ने बताए । कार्यक्रममा गाउ“पालिकाले सशस्त्र प्रहरी र सेनालाई विपत सामाग्री हस्तान्तरण गरेको छ । विपतका समय उद्दारमा सहज होस भन्ने उद्देश्यका साथ उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।

स्टे«चर, भरेङ, बाल्टी, जुत्ता, पञ्जा, बेल्चा, हेलमेट लगायतका सामान पूर्व मन्त्री पाण्डेय र गाउ“पालिका अध्यक्ष नारायण बहादुर जीसीले सुरक्षाकर्मीलाई हस्तान्तरण गरे । रिब्दीकोट गाउपालिकाको चौथो गाउसभा बुधवारसम्म चल्नेछ । गाउपालिकाद्धारा प्रकाशित रिब्दीकोट बुलेटिन समेत मंगलबार सोही कार्यक्रमका अवसरमा विमोचन गरिएको छ । सो कार्यक्रमको सञ्चालन गाउ“पालिकाका प्रशासकीय अधिकृत अनिल पौडेल र स्वागत गाउपालिका उपाध्यक्ष लक्ष्मी खनालले गरेकी थिइन् ।

SHARE