काठमाण्डौं, जेठ १६

गायिका तथा संचारकर्मी शितल शर्माको सांगीतिक कोसेली पानी जहाज भाग २ सार्वजनिक भएको छ । कुशल संचारकर्मी तथा उद्घोषिका समेत रहेकी शितल शर्मा गायिकाको नाम बाट पनी आम नेपाली दर्शक श्रोता माझ परिचित छन् । बुटवल स्थाई ठेगाना भई बिगत १४ बर्ष देखी संचारकर्मी र यस सांगीतिक क्षेत्रमा संघर्षरत शितल शर्माले करिब एक दुई महिना अगाडी देखिनै पानी जहाज आउने सूचना बिभिन्न संचार माध्यम बाट प्रचारप्रसार गरिरहेकी थिइन् ।

पुर्ब प्रधानमन्त्रि के.पि शर्मा ओलीले एल्बमको विमोचन गर्दैै गितले भनेझै अबको राजनिति आर्थिक समृद्घिकै हुनुपर्ने बताउनुभयो । हामिले अब आर्थिक समृद्दि राजनिति नगर्ने हो भने राजनिति समाप्त हुने ओलीको भनाइ थियो । सितल शर्माका अनुसार अबको मार्ग दर्शननै आर्थिक समृद्घि भएको र देशमा रहेको जुन बिकासका कुरानै गितमा रहेका बताउनू भयो ।

जुन गितको छायंकन पुर्व मेची देखि पश्चिम माहाकालि सम्म गरिएको छ भने स्वर बैगुण्ठ महत र सितल शर्माकै रहेको छ । एल्बमलाई बजारमा बरदान डिजिटल प्रा.लीले ल्याएको छ । बैगुण्ठ महत र सितल शर्माले नै गत बर्ष पानिजाहाज नामक एल्बमलाई बजारमा ल्याएका थिय । उसैको नाम बाट पानिजाहाज २ “आर्थिक समृद्घि” बजारमा ल्याएको गायक बैगुण्ठ महतले बताउनुभयो ।

यस गित को रेकर्डिङ गर्दा देखी म्युजिक भिडियो सम्पन्न हुँदा सम्म आँफुलाई साथ दिने हरेक मिडिया संचारकर्मी पत्रकार देखी लिएर ख्यातिप्राप्त कलाकार सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस गितले उच्च सफलता हासिल गर्ने आशा राख्दै सम्पूर्ण आम दर्शक श्रोतालाई मायाँ गर्दिन आग्रह समेत गरेकी छन् । उनले भनेकी छन् तपाइँ हरुलेनै मलाई संचारकर्मी, उद्घोषिका र गायिका बनाउनु भएको हो मलाई आशा छ यस गितलाई अझै मायाँ गरिदिनु हुन्छ भन्नेमा ढुक्क छु ।

भीडियाे हेराैं