दमकडामा मोटरसाईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

पाल्पा, मंसिर २०
तानसेन नगरपालिका–९, दमकडामा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । सराईबाट बाँसटारीतर्फ जाँदै गरेको लु ४ प ९०४८ नम्बरको मोटरसाईकलको ठक्करबाट टेकबहादुर खाम्चाको मृत्यु भएको हो ।

वगनाशकाली गाउँपालिका–५ का, ४७ वर्षीय टेकबहादुर खाम्चाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए ।

उनलाई सडकमा हिँडिरहेका खाम्चालाई बुधबार दिउँसो मोटरसाईकलले ठक्कर दिँएको थियो । मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी कार्यालयले जनाएको छ । खाम्चाको उपचारकै क्रममा बिहिबार बिहान ८ बजे मृत्यु भएको हो ।

SHARE