लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, हिंसा विरुद्धको सचेतिकरण कार्यक्रम

“समृद्ध र हिंसामुक्त रिब्दीकोट हामी सबैको चाहना”

पाल्पा, मंसिर १९
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको विशेष कार्यक्रम रिब्दीकोट गाउँपालिकाको वडा नं १ ख्याहाजोगीथुममा लैङ्गिक हिंसा र दुव्र्यवहारःछैन हामीलाई स्वीकार भन्ने राष्ट्रिय मूलनारा सहित एक भव्यकार्यक्रम गरी सम्पन्न गरीयो । रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको यस कार्यक्रमा नेपालवार एसोसियसनका सदस्यअधिवक्तातथावार प्रतिनिधिश्री शान्ती वस्यालले कार्यपत्र पेश गर्दै आफ्नो भनाई राख्नुभयो । महिला हिंसा तथा लैङ्खिक हिंसाको इतिहास तथाहाम्रो समाजको गलत सोच तथा संस्कारकावारेमाजानकारी गराउनु भयो । जुन समाजमाशिक्षा र चेतना बढी छ,जुन समाजमागरिवी र अभाव छ, सो स्थानमा सबैभन्दा बढी लैङ्गिक हिंसा भएको छ अतः यस क्षेत्रमाविशेष योजनाबनाई जनचेतनादिनु पर्ने कुरा बताउनु भयो । महिलातथाबालबालिकामाथि हिंसा भएमाकानूनीव्यवस्थातथाउपचारकाबारेमा प्रष्ट पार्नू भयो ।
उक्तकार्यक्रममाप्रमुखअतिथि रिब्दीकोट गाउँपालिकाकाअध्यक्षश्री नारायण ब जि.सी ले महिलातथाबालबालिकामाथि हिंसा किन हुन्छ ? सोको निराकरणका लागिअपनाउनु पर्ने उपायतथाअपराधभएमाहुने कानुनीकारवाहीको वारेमा प्रस्ट पार्नु भयो । विशिष्ट अतिथीगाउँपालिकाउपाध्यक्षश्री लक्ष्मीखनाल ले लैङ्खिक हिंसा हुननहुने र क्ुनै समस्याभएमान्यायीक समितिले समेत सहयोग गर्ने कुरा प्रस्ट पार्नु भयो । नेपालीकांग्रेसकाअध्यक्ष रामचन्द्र पाण्डेले आफ्नो दल ने.का सधैभरी लैंङ्गिक हिंसाको विपक्षमा रहेको कुरा प्रस्ट पार्नु भयो । कालिकाआधारभूतविद्यालयकाप्रध्यानाध्यापक सुरेश कुमाल,समाजसेवीनारायण कुमाल,नारायण ब पहराई,जुना टन्डन लगाएतले मन्तव्यव्यक्तगर्नु भयो। साथै उक्क्तकार्यक्रममाउपस्थिति सबैबाट म हिंसा गर्दिन,म हिंसा सहन्न र देखेमाप्रतिकार गर्छु,आवाज उठाउँछु भन्ने प्रतिवद्धता समते जाहेर गरियो ।
वडा नं १ ख्याहाका वडा अध्यक्षश्री विष्णु प्रसाद गैरे को अध्यक्षतामा सञ्चालनभएको यस कार्यक्रममा वडा सदस्यतथाविध्येक समिति संयोजकगीताकौशलले स्वागतगर्नुभयो। उक्तकार्यक्रममा रिब्दीकोट गाउँपालिकाका सुचनाअधिकृत हेमेन्द्र कुवर तथाप्राविधिक वृज कुमार चौधरी को समेत उपस्थितीथियो ।भने उक्तकार्यक्रममहिलाबालबालिकातथा समाजकल्याण इकाई प्रमुखश्री पवित्रा परियारले संचालनगर्नु भएको थियो ।

SHARE