१५ अौं स्वयं सेबिका दिबस चिदीपानीमा मनाइयो

बिकाश काफ्ले

पाल्पा, १९ मंसिर

पाल्पाको माथागढी गाउँपालिका-१, चिदीपानि स्वास्थ्य चौकीमा १५ अौं अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेबिका दिबस मनाइएको छ।”महिला स्वास्थ्य स्वयम् सेबिका निस्वार्थ सेबा स्वास्थ्य सम्बृध्द राष्ट्र निर्माणमा टेवा” भन्ने मुल नाराका साथ चिदीपानी स्वास्थ्य चौकि कार्यालयमा मनाएको छ।

कार्यक्रम उपस्थित भएकाले “स्तनपान अमृत समान बोतलपान बीस समान”  “गर्दा परिबार नियोजन स्मार्ट बन्छ जीवन” , “२ हप्ते खोकि क्षयरोग पो हो कि ?”  “बालभिटाले खानालाइ बनाउँछ पोसिलो बालबालिका हुन्छ चनाखो र दरिलो” र “मिचिमिचि हात होउँ सरुवा रोगबाट मुक्ति पाउँ” भनेर लेखिएका प्लेट बोकेर नारा लाउदै सात्दोबाट बजार परिक्रमा गरेका थिय। १५अौं अन्तर्राष्ट्रिय स्वास्थ्य महिला स्वयम् सेबिका दिबसको अबसरमा चिदीपानी स्वास्थ्य चौकीले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधि , समाजसेवी, महिला स्वास्थ्य स्वयम् सेबिका, स्थानिय र कार्यालयका स्वास्थ्यकर्मी गरि करिब २९ जनाको सहभागीता थियो। कार्यक्रम स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद शर्मा घिमिरेको अध्यक्ष्यता र चिदीपानी स्वास्थ्य चौकिका कार्यालय प्रमुख शंकर प्रसाद बस्यालको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो।

SHARE